शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरका सिडियो र एसपीलाई रक्षामन्त्रीको फोनः ‘आक्रमणकारी किन समातिएन् ?’

सोमबार, १० वैशाख २०७५, १९ : ०९
सोमबार, १० वैशाख २०७५

हेमराज ढकाल
भक्तपुर– शनिबार साँझ अज्ञात व्यक्तिहरुको आक्रमणमा परि घाइते भएका मध्यपुर थिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई भेट्न रक्षामन्त्री ईश्वर पोख्रेल नेपाल कोरिया मैत्री अस्पताल थिमि पुगेका छन् ।  सोमबार दिउँसो अस्पतालमा उपचार गराई रहेका नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्था बुझन् पुगेका मन्त्री पोखरेलले ४८ घण्टा बितिसक्दा समेत आक्रमणकारी पक्राउ नपरेको भन्दै चासो व्यक्त गरे । मेडिकल वार्डमा उपचारत नगरप्रमुख श्रेष्ठ भेट्न पुगेका रक्षामन्त्री पोखरेलले संगै रहेका मध्यपुर नगरका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई भने ‘सिडियो सापको फोन नम्बर कति हो ?’ 

त्यसपछि ज्ञवालीले आफ्नै मोवाइलबाट भक्तपुरका प्रमखु जिल्ला अधिकारी (सिडियो) द्रोण पोखरेललाई फोन लगाए । ज्ञवालीले फोनमा आफ्नो परिचय सकेपछि रक्षा मन्त्रीले कुरा गर्न चाहेको भन्दै फोन दिए ।  त्यसपछि रक्षामन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भने ‘सिसिटिभीको दृश्यमै अपराधी चिन्न सकिने अवस्था छ ? तर किन समातिएन ?’

 

रक्षामन्त्रीले नगरप्रमुखमाथि आक्रमण हुदाँको दृश्य मोवाइलमा हेरेपछि सो प्रश्न भक्तपुरका प्रजिअलाई गरेका थिए । त्यसपछि भक्तपुरका प्रहरी प्रमुख किरण राणालाई समेत ज्ञवालीकै मोवाइलबाट कुरा गर्दै अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी कारबाही गर्न रक्षामन्त्री पोखरेलले निर्देशन दिए । 

सोमबार साँझनै संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले समेत घाइते नगरप्रमखलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप