शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा सवारी ठोक्किएर ८ घाईते, ३ जना गम्भीर

सोमबार, १० वैशाख २०७५, १९ : २८
सोमबार, १० वैशाख २०७५

सुर्खेत– सुर्खेतमा आज सवारी दुर्घटना हुँदा ८ जना घाईते भएका छन । सोमबार नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको भे १ ख १६५७ नं. को फोर्स हाईस र सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको भे १ ख २२६८ नम्बरको बस भेरीगंगा २ सत्तरीमा दुर्घटना भएको हो । 

विनपा ६ बस्ने अनुराघ सोनि, कालिकोटका अङ्कीत विष्ट, दैलेखका कुसुम विसि र उनका १० वर्षीया छोरी डिम्पल बीसी र फोर्स चालक विनपा ११ बस्ने वीरबहादुर विक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय माया नर्सिङहोम र देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको र गम्भीर घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला ट्रफिक प्रहरी कार्यलयले जनाएको छ । सुर्खेतमा पछिल्लो समय सवारी दुर्घटना बृद्धि भैरहेको छ । हिजो मात्रै सुर्खेतको कपासेमा दैलेख देखि काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुदा १५ जना घाईते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप