शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माइभ्याली गोल्डकप : मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

सोमबार, १० वैशाख २०७५, १९ : ५१
सोमबार, १० वैशाख २०७५

इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ । 

आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ मस्यायाङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । 

मनाङले पहिलो मध्याह्नमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औँ मिनेटमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रि किकलाई नाइजेरियन खेलाडी काचीले हेडमार्फत सानदार गोल गरेका थिए । दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए । 

मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइडेटबीचको तेस्रो क्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप