अमेरिकाको स्टील करबारे डब्लुटिओ सदस्य राष्ट्रद्वारा चासो व्यक्त
स्वीट्जरल्याण्ड । चीन, भारत, रूसलगायतका विश्व व्यापार संगठनका केही सदस्यराष्ट्रले सोमबार अमेरिकाद्वारा स्टील तथा आल्मुनियमको आयातमा लगाइएको करबारे चासो व्यक्त गरेका छन् ।
अमेरिकाद्वारा हालै घोषणा गरेको कर नीतिबारे एसिया, यूरोपलगायतका डब्लुटिओ सदस्य राष्ट्रले संगठनको व्यापार सुरक्षा समितिको बैठकका अवसरका उक्त चासो व्यक्त गरेका हुन् ।
रूस, भारत, भेनेजुयला, टर्की, नर्वे, स्वीट्जरल्याण्ड र सिङ्गापुरले पनि चीनद्वारा विगत केही समयदेखि टड्कारोरूपमा उठाउँदै आएको चासोमा आवाज थपेका हुन् ।
वासिङ्टनले आफ्नो स्टिल तथा आल्मुनियमको राष्ट्रिय सुरक्षाका लागि भनी लिएको कदमले डब्लुटिओको अन्तर्राष्ट्रिय व्यापार नियमनका लागि बनाइएको कानूनको उल्लङ्घन गरेको भन्दै उनीहरूले समितिलाई अमेरिकासँग विचारविमर्श गर्न आग्रह गरेका छन् ।
विश्वका व्यापारिक समूह तथा सहयोगी संगठनबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैबर्षको मार्च ८ मा आयात गरिने स्टिलमा थप २५ प्रतिशत र आल्मुनियममा १० कर लगाउने घोषणासँगै अमेरिकी प्रशासनको निर्णयले व्यापक असन्तुष्टि निम्त्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही