मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

व्यक्तिगत रिसिईबीमा घर, पसलमा आगो लगाउने दुईजना प्रहरी फन्दामा

सोमबार, १० वैशाख २०७५, २० : ३३
सोमबार, १० वैशाख २०७५

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–६ स्थित मदनपुर बजारमा रहेका पसलहरु, छाप्रोको घर र धान–पराल समेतमा व्यक्तिगत रिसिईबीका कारण आगो लगाउँदै आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले विगत केही बर्ष अगाडीदेखि यसरी आगो लगाउने कार्यमा संलग्न कृष्ण नन्दन राय र बलिराम रायलाई नियन्त्रणमा लिएको बताएको छ । 

साविक जमुनिया गाविस हाल कविलासी नगरपालिका वडा नं. ६ स्थितमा रहेको मदनपुर बजारमा रहेको पसलहरु, छार्पोको घर, र धानको पराल समेतमा पटक पटक व्यतिmगत रिसिईबी  तथा इष्र्या गरेर  उनीहरुले आगो लगाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

चैत २३ गते राती २ बजे कविलासी नगरपालिका वडा नं. ६ बस्ने विरेन्द्र राय यादवले सञ्चालन गरेका कस्मेटीक, स्टेशनरी तथा कपडा पसलमा पेट्रोल छर्केर कृष्ण नन्दन र बलिरामले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागिबाट विरेन्द्र राय यादवको पसलमा १० लाख ६० हजार भन्दा बढीको क्षति भएको बताईएको छ ।

सोही आगलागीको अनुसन्धान गर्दै जाँदा कविलासी नगरपालीका–३ का नन्दन राय र सोही ठाउँ बस्ने बलिराम राय समेतलाई पक्राउ गरी निजहरुलाई मुलुकी ऐन आगो लगाउने महल बमोजिम कानुन कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप