शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाः भ्यानले योजनाबद्ध ढङ्गले ठक्कर दिँदा १० पैदलयात्रीको मृत्यु

मङ्गलबार, ११ वैशाख २०७५, ०७ : २६
मङ्गलबार, ११ वैशाख २०७५

बीबीसी

क्यानडाको शहर टोरोन्टोमा एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रुमाथि योजनाबद्ध ढङ्गले ठक्कर दिँदा १० को मृत्यु भएको छ भने अन्य १६ घाइते भएका छन् ।

पुलिसका अनसार ती चालकले पैदलयात्रुमाथि तीव्र गतीमा भ्यानलाई गुडाएको र कैयौं पटक सडकमा र पैदलमार्गमा ल्याउने लैजाने गरेका थिए ।

घटनास्थलबाट ड्राइभर फरार भएपनि उनलाई पछि पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

योंग स्ट्रिटमा एक भिडियो शपका मालिक रेगा हशेमीले सडकमा मानिसहरु चिच्याउँदै यताउती गरेको बीबीसीलाई बताए ।

‘ड्राइभरले भ्यानलाई सुरुमा पैदलमार्गमा चढाए त्यसपछि पैदलयात्रुमाथि जोताए र त्यसपछि भ्यानलाई सडकमा ल्याए,’ प्रत्यक्षदर्शी हशेमीले भने ।

उक्त घटना योंग स्ट्रिट र फिन्च एभिन्यूमा सोमबार स्थानीय समायानुसार दिउँसो साढे एक बजे भयो । पुलिसले मानिसहरुलाई उक्त इलाकाबाट टाढै रहन आग्रह गरेको छ । नजिकैका रेल सेवा पनि स्थगित गरिएको छ ।

क्यानडाको टेलिभिजन च्यानल ग्लोबल न्यूजसँग टोरोन्टो पुलिसका प्रवक्ता गेरी लंगले भने, ‘एक सेतो भ्यान दक्षिणतर्फ योंग र फिन्चतर्फको पैदलमार्गमा चढेको जानकारी प्राप्त भएको छ । उक्त घटनामा ८ देखि १० जनाको मृत्यु भएको खबर आएपनि अहिलेसम्म संख्या स्पष्ट भएको छैन ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाबारे छानबीन भइरहेको पत्रकारलाई जानकारी दिए ।

‘जो यस घटनाबाट प्रभावित भएका छन्, हाम्रो समवेदना उनीहरुसँग छ । हामी केही समयमा स्थितीबारे अनुसन्धान गर्नेछौं र यसबारे जानकारी दिनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप