शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सदस्यमगरद्वारा अभिभावकत्व ग्रहण

मङ्गलबार, ११ वैशाख २०७५, ०९ : ३६
मङ्गलबार, ११ वैशाख २०७५

नवलपरासी - पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं २ ख बाट निर्वाचित प्रदेशसभा सदस्य रोशनबहादुर गाहा मगरले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । 

उहाँले कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा कक्षा ४ की ९ वर्षीया अंशु न्यौपाने र वर्ष ११ का विशाल न्यौपानेको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराएका हुन् । 

भर्ना गरिएका विद्यार्थी दुवै अभिभावक गुमाएका बालबालिका हुन् । प्रदेशसभा सदस्य गाहाले अभिभावकत्व ग्रहण गरेका बालबालिका दाजु र बहिनी हुन् । 

गाहाले अभिभावकत्व ग्रहण गरेका बालबालिका देवचुली नगरपालिका निवासी रहेका छन् । उनीहरुले आफ्नो अभिभावक गुमाएपछि कावासोती–३ निवासी विशाल थापाले विगत चार वर्षदेखि संरक्षण गर्दै आएका थिए । 

राष्ट्रिय भर्ना अभियान, २०७५ अन्तर्गत र नेपाल सरकारले तय गरेको कार्यक्रमअनुसार सांसद गाहाले सोमबार दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । 

अभिभावकत्व ग्रहण गर्दै प्रदेशसभा सदस्य गाहाले अभिभावक गुमाएका बाल बालिका अंशु र विशालको अभिभावकत्व ग्रहण गर्न पाएकोमा खुशी व्यक्त गर्दै आम बालबालिकाले शिक्षा प्राप्त गर्न नसकेसम्म देश आर्थिक समृद्धितर्फ नजाने भएकाले देशको आर्थिक समृद्धिका लागिसमेत सबै बालबालिकालाई शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । 

जनविकास विद्याश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद न्यौपानेलगायतले शिक्षालाई सबैको पहँुचमा पु¥याउन सरकारले ठोस नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप