शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घर बेचेर विजनेश थालिन्, अहिले अरवपति छिन्

मङ्गलबार, ११ वैशाख २०७५, ०९ : ५८
मङ्गलबार, ११ वैशाख २०७५

बीबीसी–मेकअपका सामान खरिद गर्ने सवै महिलालाई बुझ्छन, यो कति अप्ठेरो काम हो । 

पसलमा फरक–फरक ब्रान्डका काउन्टर हुन्छन्, जहाँ रहेका यूवती आफ्नो सामान ग्राहकलाई भिडाउन व्यस्त हुन्छन् । 
त्यो ग्राहकको छालालाई त्यो समान उपयुक्त होस् या नहोस् ।

जो होरगन यस्ता बिक्रेताको जबर्जस्तीबाट हैरान भइन्, र यस्ता क्रियाकलाप बदल्ने संकल्प लिइन् । 

त्यसपछि उनले फ्रान्सको एक ठूलो कस्मेटिक कम्पनी लोरियलको प्रोजेक्ट म्यानेजरको नोकरी नै टाडिन् । उनले आफ्नो घर बेचिन् र आफ्नै पसल शुरु गरिन् । 

मेक्का नामको यस कस्मेटिक बुटिकमा नार्स र अरबन डीकेजस्ता राम्रो कम्पनीका मेकअपका सामाग्री बिक्री हुन्छन् । यहाँ सामानको राम्रो र नराम्रो पक्षबारे ग्राहकलाई जानकारी दिइन्छ । यसले ग्राहक आफैंले सोच्न सक्छन् कि समान ठीक वा बेठीक । 

सन् १९९७ मा यो बिल्कुल नयाँ सोच थियो । यसको लोकप्रियता धेरै बढ्यो । 

दुई दशकमा अस्ट्रेलिया र न्यूजिल्याण्डमा मेक्काका ८७ पसल खुले । 

यसबाट बार्षिक २८७ मिलियन अस्ट्रेलियाई डलर कमाइ हुन्छ ।

ठीक समयमा ठीक निर्णय लिने होरगन अस्ट्रेलियाको ‘व्यूटी इन्डस्ट्री’मा ठूलो स्थान प्राप्त गर्नेमध्ये एक हुन् ।

उनको बाल्यकाल लण्डनमा बितेको थियो । त्यहाँ उनले आफ्नी आमाले सिंगार गरेको देखेकी थिइन् । मेकअपमा त्यति बेलादेखि नै उनको मन बस्यो ।

‘हामी हाम्रो पुराना डिजाइनको ड्रेसिङ टेबुलमा बसेर कुरा गर्थ्यौं । त्यो हाम्रो लागि खास समय हुन्थ्यो ।’ उनले विगत सम्झिन्छिन् । 

होरगन १४ वर्षकी भएकी थिइन्, उनको परिवार लण्डन छाडेर अस्ट्रेलियाको पर्थमा बस्न थाल्यो । सबै केटीजस्तै उनलाई पनि मेकअप मन पर्दथ्यो । तर उनले मेकअपलाई नै करियर बनाउने सोचेकी थिइनन् । 

पर्थको स्कुलको पढाइ सकिन । पछि पश्चिमी अस्ट्रेलियाबाट अंग्रेजी साहित्य पढिन् ।  अमेरिकाको बोस्टन विश्वविद्यालयबाट कम्युनिकेसनमा मास्टर्स गरिन् । 

पढाईपछि उनले लण्डनमा लोरियल कम्पनीबाट काम सुरु गरिन् । पछि मेलबर्नस्थित कार्यलयमा सरुवा भयो । 

उनले लोरियललाई मार्केटिङ सिक्नका लागि रोजेकी थिइन् । भन्छिन्, ‘लोरियलको जागिर अप्ठेरो थियो । त्यसमा नतिजा दिन दबाव थियो । कुनै प्रकारको सम्झौता हुँदैनथ्यो ।’

लोरियल कम्पनी छाडेर मेक्का खोल्ने निर्णयमा पुगिन् उनको उमेर मात्रै  २९ वर्षको थियो । उनको उमेर उनको कामका लागि फाइदाजनक नै रह्यो । उनीलाई थाहा थियो कि युवालाई के चाहिन्छ ।

मेक्का शुरु गरेको केही वर्षपछि नै अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आयो । विदेशी कम्पनीको सामान खरिद गर्दा महंगो भयो । यसको असर उनलाई पर्यो । उनका अनुसार त्यो निकै मुस्किल समय थियो ।  
यसबाट पाठ सिकेको उनी भन्छिन्, ‘फर्केर हेर्दा यो एक प्रकारको पुरस्कारको थियो । यसबाट अविश्वसनीय धार मिल्यो । थाहा भयो व्यापार जारी राख्न के परिवर्तन गर्नुपर्छ भनेर ।’

करिब डेढ दशकसम्म बजारमा राज गरेपछि सन् २०१४ मा उनी सामू एक चुनौति आइलाग्यो । 

सफोरा फ्रान्सको निकै ठूलो व्यापारीक समूह मानिन्छ । जसमा ठूला कम्पनीहरुका सौन्दर्य सामग्री पाइन्छ । अस्ट्रेलियामा यसका १३ स्टोर छन् ।
तर, उनी नयाँ प्रतिस्पर्धीसँग डराइनन् । 

२००१ मा नै इन्टरनेटमा आइसकेको उनको कम्पनलाईी छिटो सुरु गरेकोे फाइदा मिल्यो । वेबसाइट हरेक महिना ९० लाख पटक हेरिन्छ । फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सन्जालमार्फत् पनि प्रचार हुन्छ उनको स्टोरको ।

प्रतिस्पर्धालाई अगाडि बढाउन उनले ग्राहक सेवालाई राम्रो बनाउने नीति लिइन् । तीन प्रतिशत रमक  २५ हजार कर्मचारीको तालिम दिन खर्च गरिन् । 
जोका पति पीटर वेटनहलले पनि सघाउँछन् । 

उनी २००५ मा कम्पनीमा को–चिफ एक्जिक्युटिभ बने ।

उनीहरुको चिनजान हार्वर्डमा पढ्ने बेला भयो । हाल दुई सन्तान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप