फिल्मले डुबायो : चेक बाउन्स मामिलामा राजपाल यादवलाई ६ महिना जेल, ११ करोड भारु जरिवाना
मुम्बई । दिल्लीको कडकडडूमा आदालतले चेक बाउन्स मामिलामा अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय सुनाएको छ । यद्यपि, उनलाई तुरुन्तै जमानतमा रिहा गरिएको छ ।
राजपाल यादव र उनको पत्नीको कम्पनीबिरुद्ध ७ वटा चेक बाउन्सको मुद्दा दर्ता थियो । यस मुद्दामाथि अदालतले २३ अप्रिलमा फैसला सुनाएको हो ।
रिपोर्टका अनुसार अदालतले प्रति चेक १.६० करोड भारु जरिवाना तिर्न यादवलाई आदेश दिएको छ ।
यस हिसाबले उनले कूल ११.२० करोड भारु जरिवाना तिर्नुपर्नेछ ।
पत्नीमाथि १० लाखको जरिवाना
यसमा ममिलामा राजपाल यादव पत्नी राधालाई पनि अदालतले १० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले सजाय सुनाए पछि यादवले मिडियासँग कुराकानी गर्दै अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले यो मामिलामा उच्च अदालत जाने पनि बताए ।
२० अप्रिलमा दोषी करार
गत अप्रिलमा अदालतले राजपाल यादव र उनकी पत्नी चेक बाउन्स मुद्दामा दोषी करार गरेको थियो । अदालतका अनुसार आरोपीले चेकमा आफ्नो हस्ताक्षर भएको स्वीकारेका थिए ।
फिल्मले डुबायो
चेक बाउन्सको यो मुद्दा सन् २०१० को हो । लक्ष्मी नगर स्थित मुरली प्रोजेक्टस लिमिटेडले प्रीत बिहार थानामा सातवटा चेक बाउन्स भएको उजुरी दर्ता गरेको थियो ।
कम्पनीका अनुसार यादवले ‘अता पता लपता’ बनाउन ५ करोड ऋण लिएका थिए । सन् २०१२ मा चलचित्र रिलिज भयो, तर चलचित्र फ्लप हुनपुग्यो । त्यसपछि यादवले फैसा तिरेनन् ।
उजुरीपछि यादवलाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी अदालतमा गएनन् । उनको वकिलले गलत हलफनामा पेश गरेपछि अदालत रुष्ट बनेको थियो ।
सन् २०१३ मा यही मामिलामा यादवलाई दिल्ली उच्च अदालतले यादवलाई न्यायीक हिरासतमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने