शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार नम्बर प्रदेशको नाममा आए यस्ता सुझाव

मङ्गलबार, ११ वैशाख २०७५, १० : ३६
मङ्गलबार, ११ वैशाख २०७५

तनहुँ– तनहुँको दमौलीमा आयोजित प्रदेश राजधानी तथा नामाङ्कन सुझाव संकलन कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ नामबारे लिखित तथा मौखिक सुझाव राखेका छन् । 
उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प पनि सुझाएका छन् । प्रदेश राजधानी पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएका सहभागिहरुले नाम भने गण्डक र तमुवान–मगरात राख्नु उपयुक्त हुने बताएका छन् ।
त्यस्तै उनीहरुले गण्डकी, व्यास, व्यास पराशर, वेदव्यास, मादीसेती, गोरखा, मगरात, मुक्तिनाथ, मुक्तिगण्डक आदि नाममा पनि छलफल गर्न सकिने बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै भाषा,धर्म, संस्कृति भुल्न नहुनेगरी नामाकारण गर्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य हरिशरण आचार्यले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए । उनले प्रदेश राजधानी पोखरा बनाउनुपर्नेमा कुनै दुईमत नभएको भन्दै नामबारे सुझावमाथि छलफल गरेर निर्णयमा पुग्ने बताए ।
कार्यक्रममा पोखरा नजिक रहेको तनहुँका विभिन्न स्थानहरुमा केहि मन्त्रालयहरु राख्नुपर्ने सुझाव समेत आएको छ । समितिले प्रदेशका सबै जिल्लामा सुझाव संकलनका लागि प्रदेशसभा सदस्यहरुलाई खटाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप