शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिश राजकुमारले छोरा जन्मेपछि जिस्किँदै भने, ‘अब चिन्ता तेब्बर बढ्यो’

मङ्गलबार, ११ वैशाख २०७५, १० : ३७
मङ्गलबार, ११ वैशाख २०७५

ब्रिटिश राजपरिवारका सदस्यहरु ड्युक तथा डचेस अफ क्याम्ब्रिजले नयाँ सन्तानको आगमनले आफ्नो चिन्ता तेब्बर बढाएको भनी ठट्टा गरेका छन् ।

राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर नयाँ सन्तानलाई सार्वजनिक गर्ने बेला निकै खुसी देखिएका राजकुमार विलियमले ठट्यौली पारामा यसो भनेका हुन् ।

प्रसव पीडाका कारण बिहान ६ बजे अस्पताल पुर्याइएकी केटले ११ बजेर एक मिनेटमा छोरालाई जन्म दिएको विलियमले जानकारी दिए । यसमा पनि उनले ठट्टा गर्दै भने, ‘कान्छो छोराले धर्तीमा पाइला टेक्न संसारलाई धेरै कुराएनन् ।’

भाइको जन्मले राजकुमारी चार्लेटे र राजकुमार जर्ज पनि निकै खुसी भएको उनले जानकारी दिए ।

रातो स्कर्ट र पेन्सिल हिल लगाएकी राजकुमारी केट मिडल्टनले नवजात शिशुलाई बोकेकी थिइन् । निकै खुसी हुँदै उनले बारम्बार छोरालाई हेरिरहेकी थिइन् ।  

छोराको टोपी पटक पटक मिलाइरहेकी केटले छोरालाई चिसो लाग्ला भनेर विलियमलाई भनेपछि यी दुबै अस्पताल भित्र प्रवेश गरेका थिए ।

 

डेली मेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप