शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

औलोबारे जान्नै पर्ने कुरा, गर्भावस्थामा यसरी गर्नुस् औलोको उपचार

मङ्गलबार, ११ वैशाख २०७५, ११ : २०
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– नेपालका आधा जनसंख्या औलो अर्थात मलेरियाको जोखिममा रहेको सरकारी अनुमान छ ।  औलो पोथी लामखुट्टेको टोकाईबाट हुने रोग हो । यो  एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने सरुवा रोग हो ।
मानिसलाई संक्रमण गरी औलो लगाउने एक कोषीय परजीवीमा प्लाज्मोडियमका चार जात हुन्छन्, जसमा पी फाल्सिपेरम, पी भाइभेकस, पी ओभेली र पी मेलेरी पर्दछन् । जसमा पी भाइभेकस सबै भन्दा बढी हुने संक्रमण हो । यस्तै पी फाल्सीपेरमले सबै भन्दा कडा प्रकृतिको औलो लगाउँछ  । 

औलोको परजीवी ४ डिग्री सेल्सियमा समेत रहन सक्ने भएकाले संक्रमितले रक्तदान गर्न हुँदैन भने गर्भको बच्चालाई पनि आमाबाट औलोको परजीवी सर्न सक्ने चिकित्सकहरुले बताउँदै आइरहेका छन् । 
 

औलोका लक्षण 
१. ज्वरो
२. ठन्डी/कम्पन
३. कपाल दुख्नु
 ४. खानामा अरुची हुनु

लक्षण आफैंमा निर्णायक हसँदैनन् ।  यस्ता लक्षणहरु कतिपय रोग र स्वास्थ्य समस्यामा साझा रुपमा पाइन्छन् । कुनै खास लाक्षणिक निदानको आधार वा मापदण्डको उपयुक्ततता पनि संव्रmमणको तीव्रता, औलो परजिवीको प्रजाति र ज्वरोका अन्य प्रचलित (प्रवल) कारण समेतले गर्दा ठाँउ अनुसार फरक हुन सक्दछ । बिरामीमा औलोसँग अन्य रोगको उपस्थितिले समेत यसको स्वरुप अन्तर ल्याउन सक्छ ।
औलो ज्वरोको गम्भीरता सामान्यताः  तलका लक्षण वा संकेतको उपस्थितिबाटपहिचान हुन जान्छ ।

१.सख्त कमजोरी (सिधा बस्न नसक्नु ।
२. न्युन चेतना, अलमल (भ्रम), मुर्छा ।
३. तारन्तारको बमन ।
४. सास फेर्नमा कठिनाई ।
५. अनुहार पहेँलो (फूस्रो, हिँडडूल गर्न नसक्नु र असक्त भएर पल्टनु ।
६. शारीरिक कम्पन (ऐठन) ।
७. कमलपित्त (जण्डिस) ।
  
औलोको गम्भीर र जटिल अवस्था 
— बिरामी लम्पसार हुनु अथवा बस्न नसक्नु, शिथिलता, मुर्छा अथवा बेहोस हुनु ।
— श्वासप्रश्वासमा कठिनाई हुनु । 
— कडा रक्तअल्पता (रगतमा हेमोल्बोविन ४ मि.ग्रा ÷डे.लि भन्दा कम हुनु । 
— शारीरिक कम्पन तथा ऐठन हुनु । 
— कुनै पनि खानेकुरा निल्नुमा कठिनाई हुनु ।
— गाढा वा कम पिसाब लाग्नु । 
— कमलपित्त अर्थात जण्डिस हुनु जस्ता लक्षण औलोको गम्भीर अवस्था हुन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार गम्भीर अवस्थाको औलो रोगीको मृत्यूदर झण्डै शतप्रतिशतनै हुन्छ । 
यदी समयमानै रोगको पहिलाचान गरी उपचार गरेको खण्डमा औलो रोगीको मृत्यूको संख्या १० देखि २० प्रतिशतसम्म झार्न सकिन्छ । 

गर्भावस्थामा औलो रोग
  वयस्कभन्दा गर्भवती महिलाहरुमा औलो गम्भीर हुने समस्या बढी हुन्छ  । अक्सर फोक्सोमा पानी जम्मा हुने र न्यूनग्लुकोज तहका जटिलता देखा पर्दछन् । उनीहरुमा मातृ मृत्युदर झण्डै ५०% हुन्छ, जुन अन्य वयस्कहरुको भन्दा बढी हो । 

गर्भास्थ भ्रूण/शिशुको मृत्यु र समय नपुगी हुने प्रसव पनि आम रुपमा देखिन्छ । जिवित शिशुको जन्मको सम्भावनामा शल्यव्रिmयाको भूमिका त्यति स्पष्ट नभएता पनि धेरै स्वास्थ्य अधिकारीहरुले यसको सिफारिस गर्ने गर्दछन् । 

सुरुकै चरणमा प्रसूति रोग विशेषज्ञहरुो परामर्श लिने, बालरोग विशेषज्ञलाई सतर्क अवस्थामा राख्ने र ग्लुकोज तहको वेलावेलामा परीक्षण भइरहनु पर्दछ । अझ क्विनाइन लिइरहेको विरामीमा अक्सर न्यून ग्लुकोज तह देखिने हुँदा यसको आशंका बनिरहन्छ । औलो विरुद्धका औषधीहरु पुरा मात्रामा चलाइन पर्दछ ।
प्रसूति भएलगत्तै पनि गम्भीर अवस्थाको औलो देखा पर्न सक्छ । यस्ता रोगीहरुमा प्रसूतिपछिको
जिवाणु संक्रमण एउटा आमरुपमा पाइने जटिलता हो । फाल्सिपारम औलोमा गर्भावस्थाको दोश्रो त्रैमासिकमा रक्तकोष विनासले ल्याउने तिव्र रक्तअल्पता पैदा हुन सक्दछ । यस्तो अवस्थाम औलो उपचार र फोलेट अनुपुरणकासाथसाथै अक्सर रगत दिइनु ( रक्त सञ्चार) आवश्यक हुन जान्छ । तसर्थ गम्भीर औलो देखिएका गर्भवति महिलाहरुमा ढिलो नगरी कुनै पुरा चरणमा वैकल्पिक बाटोबाट औलो विरुद्धका औषधी चलाउनुपर्दछ । 
      
   गर्भावस्थामा औलोको उपचार

— गर्भवती महिलाहरुमा औलो अक्सर बदी गम्भीर हुन्छ र यसले रक्त अल्पता निम्त्याउँदै गर्भपतन,
नवजातको मृत्यु र कमतौलका शिशुको जन्मको खतरालाई बढाइदिन्छ । 

— गर्भावस्थाको पहिलो त्रैमासिकमा विशेष गरी आमा र भ्रूण दुबैको सुरक्षा गर्नु पर्दा आर्टिसुनेट वर्जित
छ । यद्यपि बिरामीलाई बचाउन पहिलो प्राथमिकता दिइने परिस्थितीमा भने आर्टिसुनेट चलाउन सकिन्छ ।

— औलोलाई निको पार्ने प्रयोजनका उपचारमा क्विनाइनका स्विकृत मात्रा भने गर्भावस्थाको कुनै पनि चरणमा दिन सकिन्छ ।

—  गर्भावस्थामा प्रिमाक्विन चलाउनु हुँदैन । उपचारमा संलग्न चिकित्सकले गर्भवती महिलाहरु निम्न
कुराको जोखिममा हुन्छन् भन्ने कुरामा सतर्क रहनु पर्दछ ।
— तिव्र रक्त अल्पता ।
—  ग्लुकोज न्यूनता ।

— फाेक्सोमा पानी जम्मा हुने र गम्भीर स्वासप्रस्वासमा समस्या । 

— माथि उल्लेख गरिएअनुसार उपचारका लागि क्लोरोक्विन र क्विनाइन वढि छनौटका औषधी भित्र पर्दछन् र गर्भावस्थामा चिकित्सकिय मात्राका हिसावले वर्जित मानिन्नन् ।


(हामीले यो सामग्री इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा तयार पारेका हाै‌। )


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप