बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय जुडो च्याम्पियनलाई बधाई

मङ्गलबार, ११ वैशाख २०७५, ११ : ३०
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौँ -भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ । 

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई बधाई ज्ञापन गर्नुभयो । सोमबार नेपालमा सम्पन्न उक्त खेलमा पुरुष र महिला टोली इभेन्ट्समा भारत च्याम्पियन बनेको थियो । भारतको पुरुष टोलीले पाकिस्तानलाई फाइनलमा ३–२ ले हराएर स्वर्ण पदक जितेको थियो । त्यसैगरी महिला टोली इभेन्टमा भारतले नेपाललाई हराएको थियो । त्यसैगरी व्यक्तिगत इभेन्टमा पनि १० स्वर्णपदक जितेर भारत पहिलो भएको थियो । 

महिलातर्फका सबै स्वर्णपदक भारतले नै हात पारेको थियो । नेपाल प्रतियोगितामा दुई स्वर्ण पदक प्राप्त गरी दोस्रो भएको थियो । भारतका तर्फबाट सात महिला, छ पुरुष र तीन अधिकृतको सहभागिता थियो । 

भारतीय टोलीका प्रशिक्षक विजय पटेलले प्रतियोगिता व्यवस्थापन राम्रो भएको र आफ्ना खेलाडीले त्यसको भरपूर सदुपयोग गरेर उपाधि जित्न सफल भएको प्रतिक्रिया दिनुभयो । सो प्रतियोगिताको नवौँ संकरण बंगलादेशमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप