शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंकको सहयोग हस्तान्तरण

मङ्गलबार, ११ वैशाख २०७५, ११ : ५५
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंकले निःसहाय सहयोग परिषद, धरानलाई रु. १ लाख सहयोग हस्तान्तरण गरेको छ । 
उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् । 
धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको दावी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप