बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर दिने

मङ्गलबार, ११ वैशाख २०७५, १३ : ४१
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको २३औं वार्षिक साधारण सभा मार्फत आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा बोनस शेयर वापतको कर प्रयोजनका लागि ६ लाख ३९ हजार ४ सय ७४ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

साधारण सभाले कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ (एक बराबर एक दशमलव शुन्य पांच) संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ (एक बराबर तिन) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

शेयरधनीहरुबाट संचालक समितिमा ५ जना संचालकहरु राजिव सापकोटा, भुबल राई, हेमराज थापा, राम प्रसाद खनाल तथा एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप