बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिदा कटौती संशोधन माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

मङ्गलबार, ११ वैशाख २०७५, १३ : ४८
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समयपहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ ।

उक्त समुदायले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो । संगठनले आन्दोलनको उपलब्धीलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई सच्चाउन पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेको हो ।

संगठनले वाम गठबन्धनको वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नभएकोमा पनि प्रचण्डको ध्यनाकर्षण गराएको छ ।

मुस्लिमहरुको मागप्रति आफ्नो समर्थन रहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुको माग जायज छ । यो हामीले लडेर ल्याएको हो । यसको संवेदनशीलता र गम्भीरताप्रति मेरो ऐक्यवद्धता छ ।’
अध्यक्षले प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धीका रुपमा रहेको मुस्लिमको अधिकार सच्चाउने आश्वसन समेत दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप