निषेधित क्षेत्रमा मन्त्रीको गाडीः पर्यटन मन्त्रीले मागे माफी
काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री रविन्द्र अधिकारीले प्रयोग गर्ने गाडी पशुपति क्षेत्रको सवारी निशेधित क्षेत्रमा प्रवेश गरेको कुरालाई स्वीकार गरेको छ । मन्त्री अधिकारीको स्वकीय सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुरा स्वीकार गरेको हो ।
मन्त्री अधिकारीका प्रेस संयोजक धु्रव पोख्रेलद्वारा जारी विज्ञप्तिमा पानी परिरहेको बेला पशुपति क्षेत्रलाई मगन्ते निशेधित क्षेत्र घोषणा गर्ने कार्यक्रममा सहभागी हुने क्रममा भूलबस गाडी सो क्षेत्रमा प्रवेश गरेको जनाइएको छ ।
मन्त्री अधिकारी कार्यक्रममा सहभागी भएको चैत २० गते पानी परिरहेको र सोही दिन मन्त्रीको गाडी निशेधित क्षेत्रमा प्रवेश गरेकोप्रति मन्त्रालयले आफ्नो कमजोरी भएको समेत स्वीकार गरेको हो । विज्ञप्तिमा यस घटनालाई गम्भीरताका साथ लिँदै आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
यसअघि मन्त्री अधिकारीको गाडीले निषेधित क्षेत्र तोडेको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक टिकाटिप्पणी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै