उग्रतारा मन्दिरमा वेद विद्याश्रम सञ्चालन
डडेल्धुरा– डडेल्धुरा जिल्लामै पहिलो पटक हिन्दू धर्मको जगेर्ना गनेृ उद्देश्यले उग्रतारा वेद विद्याश्रम खोलिएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ स्थित सुदूरपश्चिमकै महाशक्ति पीठका रुपमा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिर परिसरमा रहेको धर्मशालामा वेद विद्याश्रम खोलिएको हो ।
सरकारको भर्ना अभियान सँगसँगै नयाँ शैक्षिकसत्र २०७५ का लागि कक्षा ६ मा २० बालकलाई भर्ना गरिने उग्रतारा वेद विद्याश्रमले जनाएको छ । सामुदायिक विद्यालयका नेपाली, अंग्रेजी, गणित र सामाजिक पाठ्यपुस्तकसँगै अन्य चार वटा वेद, व्याकरण, संस्कृतिलगायत आठ वटा विषयमा अध्यापन गराइने उग्रतारा क्षेत्र विकास समिति तथा उग्रतारा वेद विद्याश्रमका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
उग्रतारा मन्दिरकोे धर्मशालाका छ वटा कोठामध्ये दुईमा पठनपाठन गराइने र चार कोठामा आवासको व्यवस्था गरिने भएको छ ।
आश्रमका अध्यक्ष साँकीका अनुसार आन्तरिक व्यवस्थापनको समस्याका कारण यो वर्ष २० जनाको मात्रै कोटा राखिएकामा अहिलेसम्म १६ विद्यार्थी भर्ना भइसकेका छन् । हालसम्म डडेल्धुरा, बैतडी र डोटीबाट ब्राह्मण जातिका बालक भर्ना हुन आएका छन् ।
पहिलो वर्षमा शास्त्री पास गरेका एकजना स्थानीय र बाँकी विषयगत शिक्षक नियुक्त गरिने सरकारी विद्यालय समान मान्यता प्राप्त सो विद्यालयमा वैशाख २० गतेदेखि नियमित कक्षा सञ्चालन हुनुअघि उद्घाटन गरिने अध्यक्ष साँकीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट