बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकामा वषौँँदेखि थन्किए गाडी

मङ्गलबार, ११ वैशाख २०७५, १४ : १५
मङ्गलबार, ११ वैशाख २०७५

गौशाला– महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् । 

महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन् । सो कार्यालय परिसरभित्र करीब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनवटा ट्र्याक्टर, चारवटा ट्र्याक्टरका टेलर, दुईवटा ट्रक र एउटा ठूलो जेनेरेटर तथा दर्जनभन्दा बढी पम्पलगायत मेशिन बेवारिसे अवस्थामा छन् । 

चारवटै जिल्लामा स्यालो ट्यूबवेल, डिप ट्यूबवेल जडान, इनार निर्माण र पम्प हाउस तथा पानी वितरणका लागि प्रयोग गरिने लाखौँ मूल्यका गाडी प्रयोगविहीन अवस्थामा छन् । कुनैबेला सो कार्यालयले आफैं सिँचाइ सुविधाका लागि सम्पूर्ण काम गर्दा ती गाडी तथा मेशिन प्रयोग गर्ने गरेका थिए । पछिल्लो समय ती कार्यालयका काम ठेक्का र बोलपत्रमार्फत हुन थालेपछि चालू अवस्थामै रहेका गाडी र मेशिन थन्क्याइएको हो । 

गाडी र मेशिनमा खिया लागेको छ । थन्क्याइएका गाडी र मेशिनलाई कबाडीमै बेचे पनि रु ५० लाखभन्दा बढी राजश्व संकलन हुने देखिन्छ । सो कार्यालयका इन्जिनियर गोपालप्रसाद साहले गाडी तथा मेशिन लिलामी प्रक्रियाका लागि विभागमा पत्र पठाइसकेको बताए । 

कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले लिलामीका लागि पटक पटक पत्राचार गरेपनि वर्षौंदेखि लिलाम हुन नसकेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप