शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुध्दले एटिआर–७२ विमान थप्दै, जुन महिनाको दोस्रो साता काठमाडौं आइपुग्ने

मङ्गलबार, ११ वैशाख २०७५, १५ : २५
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी बुध्द एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ ।

नयाँ जहाजको कलसाइन 9M-ANU हुने एयरलाईन्सले जनाएको छ। एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिन्छ ।

कम्पनीले आज एक प्रेस विज्ञप्ती जारी गरी नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने जनाएको छ । यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप