शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका यातायात व्यावसायी आन्दोलीत, भन्छन् सरकारलाई घूँडा टेकाउछौँ

मङ्गलबार, ११ वैशाख २०७५, १५ : ४३
मङ्गलबार, ११ वैशाख २०७५

सुर्खेत । कर्णालीका यातायात व्यवसायीयले राज्यले नै सिन्डिकेट लाद्न खोजेको भन्दै सरकारको घुडा टेकाउने उद्घोष गरेका छन् ।  मंगलवार सुर्खेतमा आयोजित यातायात व्यवसायी आन्दोलनका सहभागिले सरकारले व्यवसायिहरुलाई निरुत्साहित गरेको र त्यसका विरुद्ध लाग्ने अडान लिएको बताएका छन् ।

मध्यपश्चिम यातायात व्यवसायी संघका अधयक्ष विष्णु खड्काले भने,‘राज्यलेनै सिन्डिकेट कायम राख्न खोजेको छ सरकारमा सिन्डिकेट, पार्टिमा सिन्डिकेट हरेक व्यवसायहरुमा सिन्डिकेटको प्रशय सरकारले नै गरेको छ ।’ 

सरकारले पूर्ण विमा लागू गर्ने वित्तिकै धेरै समस्या समाधान हुने उनको भनाई थियो । तर सरकार नै त्यो लागू गर्न नमान्ने भन्दै सरकार नै माफियाहरु मार्फत गाडी भित्राएर कमिसनको चंगुलमा फसेको आरोप व्यवसायीको छ । व्यवसायीले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेका छन् जसमा बैशाख १४ र १५ गते क्यू फ्रि गरेर जसलाई जुन रुटमा सवारी चलाउन मन लागेको छ सो रुटमा सवारी चलाउन दिने, १६ गते यातायात कार्यालय घेराउ गर्ने, १७, १८ र १९ गते प्रचारप्रसार गर्ने, २१ गते आ–आफ्नो गाडीहरुलाई घर वा ग्यारेजमा थन्काउने लगाएतका कार्यक्रम तय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप