बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा सुमोको ठक्करबाट चौधरीको मृत्यु

मङ्गलबार, ११ वैशाख २०७५, १६ : २७
मङ्गलबार, ११ वैशाख २०७५

सिमरा– जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । 

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप