शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरकोरियाली नेता किम जोङ उनद्वारा दुःख व्यक्त

मङ्गलबार, ११ वैशाख २०७५, १६ : ५९
मङ्गलबार, ११ वैशाख २०७५

एजेन्सी–उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

आइतबार राति प्योङयाङ दक्षिण भागमा भएको यस दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए, भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । 

यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गरेका छन् । साथै त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाई समेत भेटवार्ता गरेका छन्  । 

एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गर्नुभएको नेता किमको फोटो छापेको बताइएको छ । 

उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हिजो नै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप