बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सार्गस्यानले प्रधानमन्त्री भएको ७ दिनमै दिए पदबाट राजिनामा

मङ्गलबार, ११ वैशाख २०७५, १७ : ५४
मङ्गलबार, ११ वैशाख २०७५

यराभान । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गरेका छन् । 

‘वर्तमान अवस्थामा समस्या समाधानका कैयौं उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,’ सार्गस्यानले भने । ‘मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिँदैछु ।’ 

प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको सम्मान गर्दै राजिनामा दिएको प्रधानमन्त्री सार्गस्यानले बताएका छन् । 

अर्मेनियाको प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्राक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा पूर्व राष्ट्रपतिसमेत रहेका सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै भएका प्रदर्शनपछि ६३ बर्षीय प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।  

उनले यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप