बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति यादवको चिन्ताः चुरे क्षेत्रको विनास सुरु भयो, अब यसले विकाराल समस्या निम्त्याउँछ

मङ्गलबार, ११ वैशाख २०७५, १८ : ०४
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं–पूर्वराष्ट्रपति डा.रामवरण यादवले चुरे क्षेत्र विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चुरे संरक्षणसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो चिन्ता व्यक्त गरेका हुन् । 

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले ६ लेनको हुलाकी राजमार्ग बनाउने सरकारको योजनाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।  चुरेको तत्काल संरक्षण नगरे मुलुकको आधा जनसंख्यालाई खानेपानीको विकराल समस्या पर्ने प्रति सचेत गराउँदै उनले पहाडमा डोजर चलाएर खेतीयोग्य जमिन मास्ने काम भएको र यसले मुलुकमा भोकमरी निम्त्याउने चेतावनी दिए ।

पूर्वराष्ट्रपति यादवले चालू विकासको मोडलमा परिवर्तन नभए मुलुक भयानक संकटमा फस्ने चेतावनी समेत दिए । पहाडमा डोजर आतंक फैल्याएर चरम रुपमा वन विनाश भइरहेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप