शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो बनेर आयो गायक लबटको सेन्टिमेन्टल गीत ‘झरि नै रह्यो आँसु मेरो’ (भिडियो)

मङ्गलबार, ११ वैशाख २०७५, १८ : १७
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । ‘टोखा बजार’ गीतबाट चर्चामा आएका गायक वीरकृष्ण लबटको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक लबटको सेन्टिमेन्टल गीत ‘झरि नै रह्यो आँसु मेरो’को भिडियो सार्वजनिक भएको हो । 

सानु श्रेष्ठको शब्दमा यो गीतलाई गायक लबटले आकर्षक स्वरबद्ध गरेका छन् । गायक लबटले सार्वजनिक भएको सो गीतको संगीत आफैँले भरेका हुन् भने एरेञ्ज पनि आफैँले गरेका हुन् । गायक लबटको यो गीतको भिडियोलाई किरण श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका हुन् । 

गायक लबटले श्रोता तथा दर्शकहरुलाई भर्खरै सार्वजनिक भएको आफ्नो नयाँ गीतको बारेमा बताउँदै प्रतिकृया दिन आग्रह गरेका छन् । साथै नेपाली गीत संगीतलाई सधैँ माया गरिदिनलाई आग्रह पनि गरेका छन् ।

गायक लबटको ‘झरि नै रह्यो आँसु मेरो’ गीत रिलिज पूर्व ‘माया मेरी साह्रै राम्री’, ‘म त होइन तिम्रो’ लगायतका गीतहरु बजारमा आएका छन् । गायक लबटका यी गीतहरुलाई सामाजिक सञ्जाल युट्युब तथा फेसबुकमा दर्शकहरुले धेरै मन पराईरहेका छन् ।

गायक लबटले वि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए । सोही  एल्बममा समावेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप