शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा कारबाहीमा १६ आतंककारी मारिए

मङ्गलबार, ११ वैशाख २०७५, १८ : ३०
मङ्गलबार, ११ वैशाख २०७५

काबुल । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान आतङ्ककारी मारिएका यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 

जाबुल प्रान्तको शामुल्जाय जिल्लामा सोमबार गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबानका एक प्रान्तीय कमाण्डर र तीन आत्मघाती आक्रमणकारीको समेत मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

सो इलाकामा सेनाले गरेको हवाई कारबाहीका आतङ्ककारी समूहले प्रयोग गरिरहेका हातहतियार, युद्धमा प्रयोग हु्ने सरसाम्रागी एक सवारी साधान, दुई मोटरसाइकलसमेत क्षति गरिएको बताइएको छ । 

गएको १७ वर्षदेखि अफगानिस्तानमा युद्ध जारी राखेका तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप