बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अयोधिप्रसादको बमले क्षतिग्रस्त घर नियाल्दै गृहमन्त्री थापाले जनाए यस्तो प्रतिबद्धता

मङ्गलबार, ११ वैशाख २०७५, १८ : ४२
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज ललितपुरको हात्तिवनस्थित प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री बादलले आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन् ।

गत आईतबार साँझ प्रमुख आयुक्त डा.यादवको निवासको पर्खालमा अज्ञात समुहले बम विष्फोट गराएको थियो । भेटमा गृहमन्त्री बादलले केही समुह अस्थिरता निम्ताउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए ।

उनले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनीहरुलाई छिट्टै पक्राउ पर्ने जानकारी दिए ।  गृहमन्त्री बादलसहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालपनि डा.यादवको निवासमा पुगेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप