बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर कलेज फुटसल प्रतियोगितामा ब्रिटिश कलेज विजयी

मङ्गलबार, ११ वैशाख २०७५, १९ : २१
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौँ । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा  ‘ब्रिटिश कलेज विजयी भएको छ । यही अप्रिल २३ देखि २४ सम्म सम्पन्न उक्त प्रतियोगितामा ब्रिटिश कलेज विजयी भएको हो ।

उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एशोसियसन’ र ‘रेडबुल’लगायतअन्य प्रतिष्ठित राष्ट्रिय तथाअन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए ।  

विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।  प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता ‘ब्रिटिश कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टूर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिश कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप