बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर’: गृहमन्त्री थापा

मङ्गलबार, ११ वैशाख २०७५, २० : ४५
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन् । 

गत आइतबार साँझ प्रमुख आयुक्त डा यादवको निवासको पर्खालमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । 

भेटमा गृहमन्त्री थापाले केही समूह अस्थिरता निम्त्याउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए । उनले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनीहरुलाई छिट्टै पक्राउ पर्ने पनि जानकारी गराएका थिए । 

गृहमन्त्री थापासहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा यादवको निवासमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप