बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलमिलाप केन्द्र प्रभावकारी बन्दै

बुधबार, १२ वैशाख २०७५, ०८ : ४६
बुधबार, १२ वैशाख २०७५

इनरुवा - सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । 

स्थानीयले आफ्नो समस्या आफैं समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी दिए । 

मंसिरमा स्थापना भएको केन्द्रले हालसम्म २४३ मुद्दा परेकोमा १५२ मा सहमति भई फछ्र्योट भएको मेहताले बताए । 

गाउँमा सर्वसुलभ र सबैको पहुँचका लागि गाउँमा मेलमिलाप केन्द्र प्रभावकारी बनेको मेलमिलाप केन्द्र, देवानगञ्ज गाउँपालिकाका संयोजक रामेश्वर मेहताले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप