शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा दिने प्रहरीले नै असुरक्षित घरमा

बुधबार, १२ वैशाख २०७५, ०८ : ४९
बुधबार, १२ वैशाख २०७५

अछाम - जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ । 

आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो । 

जिल्ला प्रहरी कार्यालयलगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या भएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । 

लामो समयदेखि अरुको घरमा भाडा तिरेर बसेका प्रहरी यूनिटलाई पछिल्लो समय स्थानीय तहका कारण थप समस्या भएको छ । स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने जस्ता समस्या पनी बढेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

भौगोलिक हिसाबले निकै ठूलो र छरिएका बस्ती भएको अछाम जिल्लामा प्रहरीलाई शान्ति सुरक्षालगायतका सेवा दिन थुप्रै समस्या रहेको जनाइएको छ । 

जिल्लाभरिमा रहेका २८ वटा प्रहरी यूनिटमा ४०० जना प्रहरी कार्यरत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप