शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

बुधबार, १२ वैशाख २०७५, ०८ : ५४
बुधबार, १२ वैशाख २०७५

खोटाङ   धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । 

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो ।

बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिए । 

“करिब रु १४ लाखको लागतमा योजना सम्पन्न भएको छ,” उनले भने, “अहिले प्रतिसेकेण्ड आठ लिटरका दरले पानी निकालेर जम्मा गर्ने व्यवस्था गरिएको छ ।” 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका हलेसीवासीका लागि तत्कालका लागि डिप बोरिङमार्फत जमिनमुनिको पानी निकालेर वितरण गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, खोटाङका प्रमुख विजय ठाकुरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप