शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानी तोक्ने समितिको म्याद १० दिन थप

बुधबार, १२ वैशाख २०७५, ०९ : ०६
बुधबार, १२ वैशाख २०७५

पोखरा - प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । 

समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन गरिएको जानकारी दिए । 

विभिन्न जिल्लाबाट आएका सुझावको समीक्षाका साथै राजनीतिक दलबाट आवश्यक सुझाव लिँदै प्रतिवेदनलाई अन्तिम रुप दिन म्याद समाप्त भएको मितिले १० दिन म्याद थप गर्न उनले प्रस्ताव गरे । 

प्रदेशसभा सदस्य धनञ्जय दवाडीले समर्थन गरेको उक्त म्याद थपको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको चैत १२ गतेको बैठकले एक महिनाको कार्यावधिसहित प्रदेशको राजधानी तथा नामाङ्कन विषयक समिति गठन गरेको थियो । 

त्यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । 

मंगलबारको बैठकमा शून्य समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, राजीव पहारी, लक्ष्मी सुनार, ललितकला गुरुङ, सरिता गुरुङ र हरिशरण आचार्यले प्रदेशभित्रका विभिन्न समस्या सम्बन्धमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप