शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब किम जोंग उनलाई पहिलो पटक दुःखी देखियो.....

बुधबार, १२ वैशाख २०७५, ०९ : ५६
बुधबार, १२ वैशाख २०७५

बीबीसी

उत्तर कोरियाली नेता किम जोंग उनबारे अहिलेसम्म तपाईंको उनको क्रुरताका कहानी सुन्नुभएको होला । परमाणु परिक्षण, संसारलाई नै ध्वस्त बनाउने धम्की र बर्बरतापूर्ण सजायँको सयौं खबरबारे पनि तपाईंले पढ्नुभएको होला ।

तर तपाईंले कहिले उनी भावुक भएको देख्नु वा सुन्नुभएको छ ?

तर पहिलो पटक किम जोंग उनको भावुक अनुहार मिडियामा सार्वजनिक भएको छ । यी तस्विरमा उनको दयालु अनुहार स्पष्ट रुपमा देख्न सकिन्छ ।

यो तस्बिर उत्तर कोरियाको एक अस्पतालको हो जहाँ उनी केही घाइतेलाई भेट्न गएका थिए ।

गत आइतबार उत्तर कोरियाको ह्वांगे प्रान्तमा पर्यटकको एक बस पुलबाट खसेको थियो जसमा ३६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ३२ चीनियाँ र चार उत्तर कोरियाली नागरिक थिए ।

दुर्घटनामा घाइते पर्यटकलाई भेट्न किम जोंग उन अस्पताल पुगेका थिए । उनले घटनमाथि ‘गहिरो दुःख’ व्यक्त गरेका छन् ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले ‘किम जोंग उनले उक्त अप्रत्याशित घटनाले आफूलाई निकै दुःखी बनाएको’ बताएको छ ।

‘उनी दुर्घटनामा मारिएका परिवारप्रति समवेदना प्रकट गर्न आफूलाई रोक्न सकिरहेका छैनन ,’ समाचार एजेन्सीले बतायो ।

के परिवर्तन हुँदैछन् किम जोंग उन ?

दुर्घटनाका घाइतेलाई उनी आफै अस्पताल भेट्न पुगे र उनीहरुको उपचारबारे जानकारी लिए ।

उनी प्योंगयांगस्थित चीनियाँ दूतावास पनि गए जहाँ उनले उत्तर कोरियामा चीनका राजदूत ली जिनजूनसँग भेटघाट गरे र ‘हार्दिक समवेदना र सहानूभूती प्रकट गरे ।’

चीन उत्रर कोरियाका मुख्य राजनीतिक सहयोगी र सबैभन्दा ठूला व्यापारिक साझेदार हो ।

उत्तर कोरिया घुम्न आउने पर्यटकमध्ये करिब ८० प्रतिशत पर्यटक चीनका हुन्छन् जो प्योंगयांगको कमाईको मुख्य स्रोत हो ।

यो वर्षको सुरुवातमा किम जोंग उन चीनका राष्ट्रपति शी जिनपिंगसँग भेट्न बेइजिङ पुगेका थिए । यो उनको पहिलो विदेश यात्रा थियो ।

चीन उत्तर कोरियालाई खाद्य सामग्री र तेल उपलब्ध गराउँछ ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप