शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रु ५ सयको नयाँ नोट : अब एउटा बाघ हराउने !

बुधबार, १२ वैशाख २०७५, १० : ३९
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजबाट रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै  १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो । 
साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा  बाघको साटो एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले यसअघि चलन चल्तीमा रहेका नोटहरुपनि यथावत राखेको जनाएको छ । 

जसको संकेत नं ङ/४६०००००१ देखि छ/४०९९९९९९सम्म रहने छ । त्यस्तै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र तल्लो भागमा गर्भनर चिरंजीवि नेपालको दस्तखत रहेको हुने मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०७३ लेखिएको हुनेछ ।

३.५ मिमि चौडा भएको रंग परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो देखिने र ढल्काएर हेर्दा हरियो रङ देखिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप