बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अब नेपालमै स्मार्ट फोन र टिभी उद्योग : यस्तो छ बाम कार्यदलको औद्योगिक विकासको खाका

बुधबार, १२ वैशाख २०७५, ११ : ०३
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ । पार्टी एकता प्रक्रियामा रहेका माओवादी केन्द्र र एमालेका ७ सदस्य नेताहरुको बाम कार्यदले नेपालमा औधोगिक विकासका लागि ‘स्मार्ट फोन, टिभी लगायतका इलेक्ट्रोनिक सरसामान नेपालभित्रै उत्पादन गर्ने उद्योग स्थापनाको लागि संभाव्यता अध्ययन गरी काम अघि बढाउने’ योजना प्रस्ताव गरेको छ । बाम सरकारका कामलाई सहयोग तथा सुझाव दिन एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा रहेको बाम कार्यदलले तयार पारेको  उद्योग प्रवद्र्धन शीर्षक अन्र्तगत प्रतिवेदनमा सो बिषय उल्लेख गरिएको छ । गत माघ ७ गते बनाइएको कार्यदलले सरकारका प्राथमिकता बारेमा तयार पारेको प्रतिवेदन गत फागुन ६ गते नै बुझाइसकेको हो ।

कार्यदलले नेपाललाई आत्मनिर्भर बनाँउनका लागि उद्योग ब्यवसायको विकासका लागि विभिन्न योजना खाका अघि सारेको हो । कार्यदलले आफ्नो प्रतिवेदनमा नेपालका विभिन्न स्थानमा रहेका फलामखानीको उत्खनन गर्ने, स्टिल उत्पादन कारखाना स्थापना गर्ने, विभिन्न सरकारी निकाय कर्मचारी, सेना, प्रहरी, शिक्षक, बिद्यार्थीको पोषाकका लागि नेपालमै कपडा उत्पादन गर्ने र त्यसका लागि कपडा उद्योग स्थापना गर्ने उल्लेख छ । यस्तै विभिन्न पहाडी तथा हिमाली जिल्लाहरुमा वनस्पति उद्योग संचालन गर्ने योजना खाका पनि अघि सारिएको छ ।

यस्तै देशका विभिन्न खानीमा रहेका बहुमूल्य रत्नहरुको उत्खनन, संकलन र प्रशोधन गर्ने उद्योग स्थापना गर्ने, मुस्ताङमा रहेको युरेनियमको उपयोगका लागि कार्ययोजना बनाँउने, औषधीमा आत्मनिर्भर बन्नका लागि उद्योगहरुको क्षमता बिस्तार गर्ने लगायतका खाका तयार पारेको छ ।

यस्तो छ बाम कार्यदलको उद्योग क्षेत्रको विकासका योजना खाका

-              आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योग स्थापना गर्न र क्षमता वृद्धि गर्न ३ महिनाभित्र विशेष कार्यक्रम लागू गर्ने ।

-              हरेक प्रदेशमा न्यूनतम एक आधुनिक औद्योगिक क्षेत्र र हरेक स्थानीय पालिकामा न्यूनतम एक उद्योग ग्राम स्थापना गर्ने ।

-              कृषि  तथा पशुपंछीजन्य उत्पादन प्रशोधन गर्ने उद्योगहरुलाई आयकरमा सहुलियत प्रदान गर्ने ।

-              कृषि उत्पादनको लागि आवश्यक जैबिक प्रांगारिक मल देशभित्रै उत्पादन गर्नेगरी हरेक प्रदेशमा मल कारखाना स्थापना गर्ने । त्यसका निमित्त आवश्यक पर्ने ब्याक्टेरिया देशभित्रै उत्पादनको व्यवस्था गर्ने । साथै उपयुक्त स्थानमा रासायनिक मल कारखाना समेत स्थापना गर्ने ।

-              विशेष आर्थिक क्षेत्रहरुको निर्माण कार्य द्रुत गतिमा सम्पन्न गरी निर्यातजन्य उद्योगहरु स्थापना गर्ने ।

-              निश्चित समय सीमा तोकी नेपाली उद्योगहरुको उत्पादन प्रतिस्पर्धी हुने गरी तयारी वस्तु आयात गर्दाभन्दा स्वदेशी उत्पादन महंगो नपर्ने गरी कच्चा पदार्थको आयातमा सहुलियत प्रदान गर्ने ।

-              केन्द्रीय प्रणालीबाट माग अनुरुपको विद्युत उपलव्ध नहुँदासम्म उद्योगहरुलाई वैकल्पिक उर्जा प्रयोग गरी थप वस्तुउत्पादन गरेमा उत्पादनको आधारमा इन्धनमा सहुलियत प्रदान गर्ने ।

-              वस्तु उत्पादन उद्योग स्थापना गर्न निजी क्षेत्र र सहकारी संस्थाहरुसँग सहकार्य गर्ने ।

-              युनिफर्मको लागि आवश्यक पर्ने कपडा उत्पादन गर्ने आधुनिक कारखाना स्थापना गर्ने र निजामति, सूरक्षा अंग, विद्यालय, महाविद्यालय र संगठित संस्थाहरुले नेपालमा उत्पादित कपडा प्रयोग गर्ने वातावरण बनाउने ।

-              नवनिर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु सहज उपलव्ध हुने गरी निर्माण सामाग्री उद्योगहरु स्थापना र संचालन गर्ने ।

-              नदीजन्य निर्माण सामाग्रीको लागि मुलुकभर आवश्यक संख्यामा क्रशर उद्योग तथा बालुवा संकलन केन्दहरु्र खोल्ने । त्यसैगरी सबै प्रदेशहरुमा इट्टा उद्योग, ब्लक उद्योग, सेरामिक उद्योग आदि खोल्ने ।

-              नेपाल मै क्लिंंकर उत्पादन गरी प्रयोग गर्ने प्रकारमा ठूला क्षमताका सिमेण्ट उद्योगहरु सरकारी–निजी साझेदारी तथा वैदेशिक लगानीमा स्थापना गर्ने ।

-              पहाडी क्षेत्रका संभाव्यवस्थानहरुमा स्वदेशी तथा विदेशी लगानीमा मार्बल र ग्रेनाइट उद्योग स्थापना गर्ने ।

-              नवलपरासीको फलाम उत्खनन गर्न एकवर्षभित्र डिपिआर तयार गरी दुईवर्षभित्र फलाम उत्पादन शुरु गर्ने र स्टिल कारखाना संचालन गर्ने ।

-              पेट्रोलियम पदार्थ र तांवा लगायतका बहुमूल्य धातुहरुको अन्वेषण कार्य अघि बढाउने ।

-              बहुमूल्य रत्नहरुको उत्खनन, संकलन र प्रशोधन गर्ने उद्योग स्थापना गर्ने ।

-              मुस्ताङमा रहेको युरेनियमको व्यावशायिक उत्पादन र उपयोगको लागि विस्तृत कार्ययोजना तयार गर्ने ।

-              प्रमुख औषधिहरुमा आत्मनिर्भर हुनेगरी औषधी उद्योगहरु खोल्ने । नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गर्ने ।

-              दार्चुला, जुम्ला, सुर्खेत, डोल्पा, म्याग्दी आदि स्थानमा जडिबुटी प्रशोधन केन्द्रहरु स्थापना गर्ने ।

-              वनस्पतिमा आधिारित उद्योगहरु स्थापना गर्ने ।

-              स्मार्ट फोन, टिभि लगायतका इलेक्ट्रोनिक सरसामान नेपालभित्रै उत्पादन गर्ने उद्योग स्थापनाको लागि संभाव्यता अध्ययन गरी काम अघि बढाउने ।

-              देशलाई आवश्यक पर्ने कागजका लागि एकवर्षभित्र कागज थप कारखाना स्थापना गर्ने ।

कार्यदल सम्बन्धी थप समाचार

यस्तो छ वामकार्यदलको कृषि र सिंचाइमा आमूल परिवर्तनको खाका

वाम कार्यदलको योजना– ‘विदेशी सेनामा नेपाली भर्ना रोक्ने, नेपाल–भारत प्रवेशमा भिसा चाहिने’

यस्तो छ २ वर्षभित्र शिक्षा–स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने वाम कार्यदलको योजना

कार्यदल प्रतिबेदन : सवा ६१ खर्बको यस्तो छ वामदलको जलविद्युत सपना

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप