शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको पछिल्लो कदम, अमेरिकाबाट ९ हजार नेपालीलाई  फिर्ता पठाउने तयारी

बुधबार, १२ वैशाख २०७५, ११ : १८
बुधबार, १२ वैशाख २०७५

न्यूयोर्क– अमेरिकाको गृह मन्त्रालय मानिने डिपार्टमेन्ट अफ् होमल्याण्ड सेक्युरिटीले करीब ९ हजार नेपालीहरुको अस्थाथी बसोबास अनुमति रद्द गर्ने तयारी गरेको छ । 

यो कदम ट्रम्प प्रशासनले अस्थायी हैसिसयतमा अमेरिका बसिरहेका विदेशीहरुलाई निकाल्न चालिरहेको श्रृङ्खलाबद्ध कारवाही मध्ये एक हो । 

वासिन्टन पोष्टले प्राप्त गरेको आन्तरिक योजनाको कागजात अनुसार होमल्याण्ड सेक्युरिटी सचिव किरस्टजेन निल्सेनले नेपालीहरुलाई बहिगर्मनको लागि एक वर्षको समय अतिरिक्त समय दिनेछिन् । त्यसैले उनीहरुले सन् २०१९ को जुन २४ बाट भने देश निकाला हुनेछन् । 

तीन वर्षअघि २५ अप्रिल २०१५ मा नेपालमा गएको बिनासकारी भूकम्पपछि नेपालीहरुलाई अस्थायी सुरक्षा हैसियत(टीपीएस) प्रदान गरेर अमेरिकामा कानुनी रुपमा रहनको लागि अनुमति दिइएको दियो । 
टीपीएस प्राकृतिक प्रकोप, द्वन्द र अन्य संकटले अस्थीर भएको देशका नागरिकलाई तिनको देश फर्काउन बाध्य नपार्नका लागि सन् १९९० मा अमेरिकी कङ्ग्रेसले बनाएको थियो । 

ट्रम्प प्रशासनमा रहेका आप्राबासी मामलाका हार्डलाइनरले लागू भएका सबै टीपीएस रद्द गर्न दवाब दिइरहेका छन् । हालैको महिनाहरुमा होमल्याण्ड सेकुरिटी विभागले टीपीएस लागू भएर अमेरिकामा बसिरहेका २ लाख सल्भाडोर नागरिक, ५० हजार हैटीबासी र थोरै सङ्ख्यामा निकारागुयाली र सुडानीहरुका आबास अनुमति रद्द गरिसकेको छ । 

ट्रम्पको प्रशासनका अधिकारीहरुले ‘टीपीएस अमेरिकामा गैरकानुनी पसेका वा कानुनी हैसियत सकिएका विदेशी नागरिकहरुको लागि दीर्घकालको आबासको कहिल्यै पनि थिएन’ भनेका छन् । कानुन अनुसार होमल्याण्ड सेकुरिटी विभागले टीपीएस रद्द गर्नुभन्दा अघि विदेश मन्त्रालय(स्टेट डिपार्टमेन्ट) बाट उक्त देशको हालको अवस्थाको विवरण लिनु आवश्यक हुन्छ ।

“हामी हरेक देशको टीपीएस हैसियत निर्धारण गर्न ती देशहरुको अवस्था पुनरावलोकन गर्दै जानेछौं” निइल्सेनले जनवरीमा जारी गरेको एक वक्तव्यमा भनिएको छ । 

निइल्सेनले मे ६ सम्ममा होण्डुरसका ५७ हजार पीपीएस पाउनेहरुको बारेमा निर्णय गर्दै छिन् । होण्डुरसका नागरिक विगत दुई दशकदेखि अमेरिकामा यो हैसियतमा बसोबास गरिरहेका छन्् । ट्रम्प प्रशासनले उनीहरुको अस्थायी आबासको अनुमति रद्द गर्ने संकेत गरेको छ।

नेपालीहरुको टीपीएस रद्द गर्ने निर्णयले अरु देशहरुको सम्बन्धमा निर्णय हुँदा भन्दा कम ध्यान तानेको छ । कङ्ग्रेस अनुसन्धान सेवाका अनुमान अनुसार नेपालको भूकम्प पछि १५ हजार नेपाली नागरिकहरु टीपीएस हैसियत लिएको भए पनि ९००० नागरिक मात्र अमेरिकामा यो हैसियता बसिरहेका छन् । नेपालीहरु मुख्यत न्यूयोर्क सहर वरपर केन्द्रित छन् ।

होमल्याण्ड सेकुरिटी विभागका अधिकारीहरुका अनुसार हाल सम्म निइल्सनले नेपालीहरुको सम्बधमा हस्ताक्षर भने गरेकी छैनन् तर आन्तरिक कागजातका अनुसार केही दिनमै यो विभागले यसको घोषणा गर्ने तयारी गरिरहेको छ ।

होमल्याण्ड सेकुरिटी विभागकी सचिवले टीपीएसको अन्तिम मिति भन्दा ६० दिन अघि यो निर्णय गर्नु पर्छ । नेपालको सन्दर्भमा यो अन्तिम मिति आज बुधबार हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप