मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोक खाम् रसिया जाम’ योजनाका ४० बिजेता घोषणा

बुधबार, १२ वैशाख २०७५, ११ : ३३
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठुलो उपभोक्ता प्रमोशन क्याम्पेन “कोक खाम् रसिया जाम” अभियान अन्र्तगत ४० जना बिजेता छनोट भएका छन् । विजेताको रसिया जाने र त्यहाँ लाग्ने सम्पूर्ण खर्च कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

यो योजना फेव्रुरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा समापन भएको हो । यो योजनाअन्र्तगत अन्य १८ जना उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् । त्यस्तै १० हजार भन्दा बढीले फिफाको लोगो अंकित स्पिकर, हेडफोन, पेन ड्राइभ जितेका छन् ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताका लागि अविस्मरणीय भएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप