बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवन विकासको नमूना बन्दैछ : प्रचण्ड

बुधबार, १२ वैशाख २०७५, ११ : ५०
बुधबार, १२ वैशाख २०७५

चितवन–माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले चितवनलाई विकासको नमूना जिल्ला बनाउन सकिने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार भरतपुरमा चितवनको विकास र समृद्धिबारे गरेको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

‘चितवन विकासमा नमूना र उदाहरण बन्सक्छ । सिंगो राष्ट्रले चितवनको विकासबाट सिक्न सक्छ । यसको लागि चितवनको भूराजनीतिक अवस्थितिलाई हेरेर एकीकृत विकासको गुरुयोजना बनाउनु पर्छ भनेर केन्द्रमा छलफल गरिरहेका छौँ’ अध्यक्ष प्रचण्डले भने ।

त्यसका लागि आफुले अहिले केन्द्रमा बजेटको तयारी भइरहेको र नयाँ बजेटमा माडीका ठाडा खोला नियन्त्रण, मध्यवर्र्ती क्षेत्रमा मेसजाली लगाउने काम र पूर्वाधार विकासका लागि अवको बजेटले सम्बोधन गर्ने प्रचण्डको भनाई थियो ।

त्यस क्रममा प्रचण्डले पुरानो तीन करोड बजेटबाट भरतपुर–ठोरी हुलाकी मार्ग मर्मत गर्ने र भरतपुर–चनौली मार्गको लागि १२ करोड रुपैयाँ निकास भएर काम अगाडि बढिसकेको जानकारी दिए । उनले जगतपुरदेखि माडीसम्म आकाशेपुल निर्माणबारे छलफल चलिरहेको भन्दै त्यसका लागि सकभर यसपटककै बजेटमा रकम छुट्याएर सम्भाव्यता अध्ययनको काम सुरु गरिने बताए ।

कृषिमा आधारित उद्योगको आवश्यकतामा जोड दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘कृषिमा सुधार गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग परामर्श लिएर इजरायल सरकारसँग कुराकानी भइरहेको छ । देशका १५ ठाउँमा इजरायली मोडेलमा एकीकृत कृषि फार्म स्थापना गर्न चाहेका छौँ । त्यस्तो एउटा कृषि फार्म चितवनमा पनि रहने छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप