शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के हुन्छ जब तपाईं दैनिक अदुवा खानुहुन्छ ? थाहा पाउनुुस् यी ८ कुरा

बुधबार, १२ वैशाख २०७५, १२ : ५९
बुधबार, १२ वैशाख २०७५

अदुवा एक मसाला मात्र नभई स्वास्थ्यका लागि गुणकारी खाद्य सामग्रीसमेत हो । अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पौष्टिक तत्व पाइन्छ । साथै, अदुवालाई एक शक्तिशाली एन्टिभाइरल पनि मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । अदुवालाई ताजा र सुख्खा दुबै रुपमा प्रयोग गर्न सकिन्छ । आउनुहोस्, अदुवाका केही गुणबारे जानकारी लिऔं ।

१. खोकीको औषधीः

अदुवालाई सधैं खोकीको औषधीको रुपमा चिनिन्छ । खोकी लाग्दा अदुवाको सानो टुक्रामा  तातो बनाइएको मह मिसाएर दिनमा दुईपटक सेवन गर्नुहोस् । यसले खोकी रोक्छ र घाँटीको समस्याबाट पनि राहत दिलाउँछ ।

२. भोक बढाउनका लागिः

अदुवाको नियमित सेवन गरे भोक नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई कम भोक लाग्छ भने अदुवाको सानो टुक्रामा नुन लगाएर दिनमा एकपटक लगातार आठ दिनसम्म खानुहोस् । यसले पेट सफा हुन्छ र भोक जगाउँछ ।

३. पचाउनका लागिः

पेटको समस्याका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । यसले अपच र पाचन क्रियामा सुधार्न सहयोग पुर्याउँछ । अदुवामा ज्वानो, कागतीको रस मिसाएर खाँदा पाचन क्रिया ठिक रहन्छ । यसले पेटमा ग्यास बन्न दिँदैन, अमिलो डकार आउन बन्द गर्छ । साथै, कब्जियतको समस्याबाट पनि मुक्ति दिलाउँछ ।

४. छालालाई चम्किलो बनाउँछः

अदुवाको सेवनले छाला चम्किलो हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी सँगै अदुवाको एक टुक्रा खानुहोस् । यसले तपाईंको छालालाई निखार्नुका साथै तपाईंलाई लामो समयसम्म जवान बनाइराख्न सहयोग गर्दछ ।

५. रुघा खोकीका लागिः

रुघा खोकी लाग्दा अदुवाको सेवनले तपाईंलाई राहत प्रदान गर्छ । रुघा लाग्दा अदुवा हालेको चिया पिउँदा फाइदा हुन्छ । यसका साथै अदुवाको रसलाई महसँग मिसाएर तताएर खाँदा पनि रुघा खोकीबाट राहत पाउन सहयोग पुर्याउँछ ।

६. कोलेस्ट्रोलमा फाइदाजनकः

अदुवाको प्रयोगले हाम्रो कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । यसले रक्तसंचार पनि ठिक राख्छ । अदुवाले रगत जम्न दिँदैन । यसमा एन्टी फंगल र क्यान्सर प्रतिरोधी गुण पनि पाइन्छ ।

७. महिनावारीको अनियमितता रोक्छः

अदुवालाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको सेवनले महिलाको महिनावारीको अनियमिततालाई रोक्न सहयोग गर्छ ।

८. पीडाबाट राहतः

अदुवालाई एक प्राकृतिक रोग निवारक भनिन्छ । ‘फुड्स द्याट फाइट पेन’ पुस्तकका  लेखक आर्थर निल बर्नार्डका अनुसार अदुवामा पीडा हटाउने प्राकृतिक गुण पाइन्छन् । यसको कुनै साइड इफेक्ट हुँदैन । ताजा अदुवालाई पिसेर यसमा थोरै कपुर मिसाएर लेप तयार गरेर सुन्निएको र दुखेको अंगमा लगाए पीडाबाट राहत मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप