बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखढुंगाको पुनर्निर्माण : २० हजारमध्ये अहिलेसम्म साढे ४ हजार मात्रै निर्माण पूरा

बुधबार, १२ वैशाख २०७५, १३ : ०१
बुधबार, १२ वैशाख २०७५

रामहरि श्रेष्ठ

ओखलढुङगा– बिनाशकारी भुकम्प गएको तीन बर्षमा भुकम्पबाट घरबारविहिन भएकामध्ये एक चौथाइले मात्रै नयाँ घरमा सरेका छन् ।

जिल्लामा वितेको तीन बर्षमा साढे ४ हजार भुकम्प प्रभाबित टहरोबाट नयाँ घरमा सरेका हुन् । २०७२ सालको भुकम्पपछि जिल्लामा पहिचान भएका २० हजार १ सय ६५ लाभग्राहीमध्ये ४ हजार ५ सय जनाले तेस्रो किस्ता वापतको अनुदान रकम पनि लिईसकेका छन् । 

तर, सरकारी अनुदान लिएर घर बनाएका प्रभाबितहरुले घर निमार्णका क्रममा धेरै झमेलाहरु पार गर्नुपरेको गुनासो गरेका छन् । नक्सा पासदेखि घर पुरा नभएसम्म प्राविधिकहरुले धेरै दुख दिने गरेको प्रभाबितहरुको अनुभव छ ।

‘कहिले यो हुदैन भन्छन् कहिले के हुदैन भन्छन् । भत्कायो, बनायो गरियो । पुरा नहुन्जेलसम्म चार पटक भत्काएँ ’ लिखु गाउँपालिका ८ का रञ्जन पौडेलले भने –साह्रो दुख पाईयो यो अनुदान लिन साह्रै गाह्रो पो रहेछ ।’ 

सोही स्थानका भिम बहादुर पौडेले घर बनाउदाको अनुभव यसरी सुनाउँछन्–सदरमुकाम टाढा छ, किस्ता लिन आउँदा २ दिन बासै बस्नुपर्छ । त्यसमाथी सरकार बद्लिरहन्छ । भन्छ– कहिले चार सेप्टी,कहिले पाँच सेप्टी कहिले ५ सेप्टी बना भन्छ ,जे जे भन्छन, त्यो मान्दै बल्लतल्ल बनाईयो ।’

सरकारी मापदण्ड पुरा गरी घर निमार्ण गरेका प्रभाबितहरुले सरकारले दिने पुरै किस्ता लिईसकेका बताएका छन् । तर, धेरैजनाले भने अझै घरनिमार्ण नै गर्न सकेका छैनन् । 
सरकारले दिने अनुदान रकम पटकपटक गरी आउने तथा अनुदान रकमले जग हाल्न समेत नपुग्ने गरेको प्रभाबितहरुको दुखेसो छ । पहिलो किस्ता लिएर घर निमार्ण नगरे लिएको रकम समेत फिर्ता गर्नुपर्ने भनिएकाले किस्ता लिएको रकममाथी ऋण थपेरै घर निमार्ण गरेको चम्पादेबी गाउँपालिका ४ का भला बहादुर बिकले बताए । 

‘आफ्नो घरको त हिसाब नगरौँ जस्ता, किला काटिँ, सिमेन्ट बालुवा गर्दा पैसा नै नपुग्ने रहेछ । त्यो अनुदानको रकमले त जग खन्न र गाह्रो उठाउन ठिक्क भयो त्यहीपनि घर नबनाए लिएको रकम र्फिता दिनुपर्छ भन्ने सुनेर ऋणै थपेर भएनि बनाईयो ।’ 

यता, राष्ट्रिय पुनर्निर्माण  प्राधिकरण जिल्ला समन्वय समिती ओखलढुंगाले भने जिल्लामा पुननिमार्णको गति सन्तोषजनक रहेको बताउदै आएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज खरेलका अनुसार जिल्लामा कामदारको संख्या थप भएकाले अन्य जिल्लाको तुलनामा पुर्णनिमार्णको गति सन्तोषजनक रहेको छ । 

‘अन्य जिल्लाको तुलनामा हाम्रोमा पुनर्निर्माण  सन्तोषजनक नै छ । यसबिचमा हामीले डकर्मी तथा सिकर्मीहरु थपेका छौ, त्यसले पुनिमार्णको काम ठिकै हिसाबले अघि बढेको छ ।’
जिल्लाका कुल लाभग्राही संख्यामध्ये १६ हजार १ सय ८५ घर निर्माणको चरणमा छन् । यो प्रतिशतको हिसबले ८४ प्रतिशत हो । १५ हजार ६ सय ७६ को दोस्रो किस्ता सिफारिस भइसकेको छ भने ५ हजार ८ सय ७३ मध्ये १ हजार ३ सय ७३ ले तेस्रो किस्ताको रकम लिन बाँकी छ । 

त्यस्तै सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा १२६ विद्यालय पुनर्निर्माण भइरहेका छन् । विद्यालय व्यवस्थापन समितिमार्फत ९४ र एसियाली विकास बैंकको सहयोगमा १९ वटा विद्यालय निर्माण भैरहेका छन् । 

जिल्लामा युनिसेफले १३ वटा विद्यालय निर्माण गरिरहेको छ । स्वास्थ्य चौकी भने भुकम्पछि १० वटा मात्रै निर्माण भएका छन् । खानेपानी कार्यालयले भूकम्पले क्षति पर्ुयाएका ४४ वटा योजनाको पुनर्निर्माण सम्पन्न गरेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप