शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा ‘ब्लडमनि’ तिर्न उठ्यो २९ लाख रुपैंयाँ

बुधबार, १२ वैशाख २०७५, १३ : ०५
बुधबार, १२ वैशाख २०७५

बिनोद श्रेष्ठ,युएई– ब्लडमनि तिर्न नसकेर बिगत चार बर्षदेखि युएईमा बिचल्लीमा परेका चितवन,खैरेनीका टोपबहादुर बिकको उद्दारका लागि करिब २९ लाख नेपाली रुपैयाँ संकलन भएको छ ।

नेपाली दूतावास युएईको समन्वय तथा एनआरएनए युएईको संयोजनमा युएईमा रहेका नेपाली संघसस्था र ब्याबसायीहरुको पहलमा उक्त रकम सकलन भएको हो ।

विकको सहयोगमा प्रतिबद्धता रकमसहित एकलाख ७ सय सत्तरी दिराम अर्थात करिब २९ लाख नेपाली रुपैयाँ सकलन भएको एनआरएनए युएईले जनाएको छ । आबश्यक रकम उठिसकेकोले सहयोग रकम सकलन नगर्न एनआरएनए युएईले अपिल गरेको छ ।

संकलित रकम दुताबास आबुधाबीलाइ बुझाउने र दूतावासले कानुनी प्रक्रिया पूरा गरि बिकलाइ नेपाल फर्काउने एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए । 

कामको शिलशिलामा चार बर्षअघि  क्रेन दुर्घटनामा दुई थाई नागरिकको ज्यान गएको थियो । पाकिस्तानी नागरिक अपरेटर रहेको उक्त क्रेनमा टोपबहादुर  हेल्परका रुपमा काम गर्दथे । युएईको अल-ऐनस्थित  ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर पाकिस्तानी नागरिक  र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई १र१ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो ।  
दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाई अदालतको फैसलापछि कतै जान नसक्ने गरि यात्रामा प्रतिबन्ध गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप