शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उमेर अन्तर धेरै भएका बलिउडका यी हुन् रियल जोडी

बुधबार, १२ वैशाख २०७५, १३ : ११
बुधबार, १२ वैशाख २०७५

मुम्बई– बलिउड अभिनेता मिलिन्द सोमण गर्लफ्रेन्ड अङ्किता कंवरसँग हालै विवाह बन्धनमा बाँधिए । ५२ वर्षीया मिलिन्दले २७ वर्षकी अङ्कितासँग जोडी बाँधेका हुन् । मिलिन्दले आफूभन्दा २५ वर्षले कान्छी अङ्कितनासँग विवाह गरेका हुन् । उनले आफूभन्दा धेरै कान्छीसँग विवाह गरेको भन्ने विषयमा धेरैले प्रश्न पनि उठाएका छन् । तर उमेरमा धेरै अन्तर देखिएको यो बलिउडको पहिलो जोडी भने होइन । बलिउडमा अन्य धेरै स्टार छन्, जसको रियल जोडीको  उमेर धेरै अन्तर देख्न पाइन्छ । 


साहिद कपुर र मिरा राजपुत
साहिदले २०१५ मा मिरासँग विवाह गरेका थिए । दुवैको एकछोरी मिसा छिन् । मिरा उमेरले साहिद भन्दा १३ वर्षले कान्छी रहेकी छन् । 

सायरा बानो र दिलिप कुमार
दिलिपले १९६६ मा सायरासँग विवाह गरेका थिए । यी दुवैको उमेर अन्तर २२ वर्षको थियो । सायरालाई डिभोर्स नदिँदै दिलिपले १९८१ मा आसमा रहमानसँग विवाह गरे । तर आसमा अहिले उनीसँग छैनन् । उनी अहिले सायरासँग नै रहँदै आएका छन् । 

संजय दत्त र मान्यता दत्त
संजयले पहिलो विवाह ऋचा शर्मासँग गरेका थिए । १९८७ मा विवाह भएको थियो । तर १९९६ मा ऋचाको ब्रेन ट्युमरका कारण मृत्यु भयो । त्यसपछि संजयले रिया पिल्लईसँग १९९८ मा दोस्रो विवाह गरे । यो विवाह पनि लामो समय टिक्न सकेन । उनले २००८ मा मान्यतासँग तेस्रो विवाह गरे । संजय र मान्यतामा २० वर्षको उमेर अन्तर रहेको छ ।

धमेन्द्र र हेमा मालिनी
धमेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग गरेका थिए । पछि उनले धर्म परिवर्तन गरेर हेमासँग विवाह गरे । १९८० मा उनले हेमासँग विवाह गरेका थिए । विवाहको समय यी दुवैको उमेर अन्तर १३ वर्ष थियो । पहिलो पत्नीबाट उनको दुई छोरा सन्नी र बब्बी देओल र दुई छोरी विजेता र अजिता रहेका छन् भने हेमाबाट २ छोरी ईशा र अहाना छन् । 
 
राजेश खन्ना र डिम्पल कपाडिया
राजेशले आफूभन्दा १५ वर्षले कान्छी डिम्पलसँग १९७३ मा विवाह गरेका थिए । उनका दुई छोरी ट्विकल र रिकी रहेका छन् ।


सैफअली खान र करिना कपुर
सैफले आफूभन्दा १२ वर्षले जेठी अमृतासँग पहिलो विवाह गरेका थिए । १९९१ मा भएको विवाह २००४ मा टुट्यो । अमृताको तर्फबाट एक छोरी सारा र एक छोरा इब्राहिम रहेका छन् । सैफले १०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे । करिनाको तर्फबाट एक छोरा तैमुर छन् । करिना र सैफको उमेर अन्तार १२ वर्ष रहेको छ । 

आमिर खान र किरण राव
आमिरले १९८६ मा घरबाट भागेर रीनासँग विवाह गरेका थिए । 
१६ वर्षपछि दुवैको डिभोर्स भयो । २००५ मा अमिरले किरण रावसँग दोस्रो विवाह गरे । ८ वर्षको उमेर अन्तर रहेको यी दुईका अहिले दुई बच्चा रहेका छन् । 

रितेश देशमुख र जेनेलिया डिसुजा 
यी दुवैको विवाह २०१२ मा भएको थियो । ९ वर्षको उमेर अन्तर रहेको यो जोडीको दुई बच्चा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप