बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुसहर बस्तीमा धुर्मुस–सुन्तली– १ सय बालबालिका भर्ना गर्दै

बुधबार, १२ वैशाख २०७५, १३ : ४२
बुधबार, १२ वैशाख २०७५

महोत्तरी– वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् ।  गौशाला नगरपालिका– ७ मनहर्वास्थित मुसहर समुदायका एकसय बालबालिका नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना हुने भएका हुन् ।  सो वस्तीमै पुगी बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षित बनाउनुपर्ने सन्देश यहाँका सञ्चारकर्मीले बस्तीमै गएर समय समयमा सन्देश सम्प्रेषण गरेपछि उनीहरु विद्यालय जाने भएका हुन् । 

बस्तीका अरु बालबालिका झोला, कपी, कलम बोकी विद्यालय गइरहेको समयमा बस्तीका बालबालिका भने काँधमा कोदालो बोकी तरकारीको लागि मुसा मार्न अरुको बारी चहार्दै आएका थिए ।  बालबालिका विद्यालय जाने भएपछि गौशाला नगरपालिकाले दिवा खाजा तथा विद्यालयको भौतिक संरचना निर्माणका लागि चासो देखाएको छ । 

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरक्षेत्रभित्र रहेका हरेक बालबालिकालाई शिक्षित बनाउने अभियान सफल बनाउनका लागि सो बस्तीमा यस्तो अवधारणा ल्याएइको जनाए ।  धुर्मुस (सीतारम कट्टेल)  र सुन्तली (कुञ्जनात घिमिरे) ले सो समुदायका एकसय बालबालिकालाई नजिकै रहेको आधारभूत विद्यालयमा भर्ना गराउन यही वैशाख १३ गते सो बस्तीमा आउने भएका छन् । 

बस्तीमा शिक्षाको ज्योति फैलिने स्थानीयवासी एवं अखिल क्रान्तिकारीका २ नं प्रदेशका सचिव सूर्यनारायण साहले बताए ।  पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाईले एक रात बिताउनुभएको सो बस्तीका बासिन्दा हालसम्म पनि शिक्षा, स्वास्थ्य तथा विकासको दृष्टिकोणले पछिडिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप