शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कल्पना नेपालकै होची भएको दाबी

बुधबार, १२ वैशाख २०७५, १३ : ४३
बुधबार, १२ वैशाख २०७५

मनोज भुजेल, सुनसरी ।  सुनसरीको प्रकाशपुरकी १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दाबी गरिएको छ ।

स्थानीय प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत बराहक्षेत्र ९ प्रकासपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई  २९ इन्च मात्र रहेको छ ।
कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्तजनहरुले उनको उचाई २९ इन्च मात्र रहेकाले उनि नेपालकै होची रहेको दाबी गरिएका हुन् । होची कल्पनाको पढ्ने रहरका कारण पढाईलाई निरन्तरता दिदै आएको बताउछिन् । पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साईकलमा आउने गरेको उनले बताइन् ।

पढाईमा अब्वल रहेकी कल्पना होचो कद र  परिवार सामान्य रहेकोका कारण विद्यालयले उनलाई निशुल्क रुपमा पढाईरहेको विद्यालयका निर्देशक रविन घिमीरेले जानकारी दिए । सहयोगी बिना विद्यालय सम्म आउन समेत कठीनाई हुने कल्पनालाई राज्यले समेत सहयोग गरेर हैसाल प्रदान गर्नु पर्ने घिमीरेको वुझाई रहेको छ ।

शरीर होचो रहेकाले लामो समयसम्म हिँड्नडुल्न असहज हुने उनका आफन्त बताउँछन् । 

सामान्य परिवारमा जन्मिएकी कल्पना बावुआमाका अन्य सन्तान भने सामान्य छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप