मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

न ‘आशा’ न ‘राम’, कसैले जोगाउन सकेन आशाराम

बुधबार, १२ वैशाख २०७५, १३ : ५१
बुधबार, १२ वैशाख २०७५

जोधपुर । नाबालिक शिष्यामाथि यौनशोषण गरेको आरोपमा ८० वर्षीय आशाराम बापुलाई दोषी करार गरिएको छ ।

विशेष एससी–एसटी अदालतका न्यायाधीश मधुसुदन शर्माले बुधबार बिहान सेन्ट्रल जेलमा नै बेञ्च बसाएर आफ्नो फैसला सुनाएका हुन् ।

जोधपुर जेलमा बन्द आशारामसहित दुई सहयोगीहरुलाई पनि दोषी ठहर गरिएको छ ।

आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज बिहान नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो ।

यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय दिइएको छ । यो फैसला र जेल सजाय दुवै जोधपुर केन्द्रिय जेलमा दिइएको थियो जहाँ आशाराम बन्दी रहेका छन् । 

फैसलाविरुद्ध आशारामले राजस्थानस्थित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

इन्दिरा गान्धी हत्यारा, आतंकवादी अजमल कसाब र डेरा प्रमुख गुरमीत राम–रहीमपछि यो मुद्दा भारतको चौँथो ठूलो मुद्दा हो, जसको लागि अदालतको बेञ्च जेलमा नै स्थापना गरेर फैसला सुनाइएको हो । 

पोक्सो एक्ट अन्तर्गत बनाइएको अदालत जिल्ला र सेशन कोर्ट स्तरको हुन्छ । त्यही भएर फैसला र सजायविरुद्ध सिधै उच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ ।

आशारामका प्रवक्ता नीलम दुवैले यस विषयमा कानूनी टीमसँग सल्लाह लिइने जानकारी दिँदै यसपछि आगामी रणनीति तय गरिनेछ । उनले न्यायपालिकामाथि पूर्ण भरोसा रहेको दोहोराइन् ।

आशारामले १५ मिनेट पर्खाए

आशाराम अदालतको भिडियो कन्फ्रेन्स क्यामारामा १५ मिनेट ढिला पुगे । उनी पूजा गरिरहेका थिए । न्यायाधीशको आगाडि आएर उनले भने, ‘माफ गर्नुहोला, म प्रभुको भक्तिमा लिन थिएँ ।’

फैसलाको प्रमुख कुरा : पीडित किशोरी आफ्ना बयानमा अडिग रहनु

दुष्कर्मको शिकार बनेकी किशोरी उत्तर प्रदेश शाहजहाँपुरकी वासिन्दा हुन् । आशारामका समर्थकहरुले उनी र उनको परिवारलाई बयान बदल्न पटक–पटक धम्की दिएका थिए ।
उत्तर प्रदेशबाट जोधपुर आएर मुद्दा लड्नुपर्ने भएर उनका पितालाई ट्रकसम्म बेच्नुपरेको थियो ।

आशारामविरुद्ध बयान दिने नौजनामाथि हमला भएको थियो जसमध्ये ३ जनाको हत्या नै गरिएको थियो । ज्यान गुमाउनेमा ती किशोरीको परिवारका मित्रहरु पनि थिए ।

अदालतलाई पनि अँध्यारोमा राख्ने थुप्रै प्रयास भयो । जाँच अधिकारीलाई विपक्षी वकिलहरुले पटक–पटक अदालतमा बोलाएका थिए । एक साक्षीलाई त १०४ पटकसम्म बयानका लागि बोलाइयो ।

आशारामको तर्फबाट किशोरीथि अपमानजनक आरोप लगाइएको थियो । जसमा मानसिक रोग भएका युवतीहरुलाई एक्लै पुरुषहरुलाई भेट्ने इच्छा हुनेसम्म भनिएको थियो ।

यति हुँदा पनि पीडित किशोरी आफ्नो बयानमा कायम रहिन् ।

आशारामका वकिलले नाबालिक बालिक साबित गर्न थुप्रै कोशिस गरेका थिए ।

आशारामाथि आरोप : उपचारको बहानामा शिष्यासँग यौनशोषण

आशारामको गुरुकुलमा पढ्ने किशोरीले आफ्नो बयानमा भनेकी छिन् –

गुरुकुलकी एक शिक्षिकाले मेरो आमाबाबुलाई मेरो मुर्छित हुने बिरामीको आशारामसँग उपचार गर्न सुझाव दिए । आशारामले ती किशोरीलाई जोधपुरनजिकै एक गाउँको फर्म हाउसमा बोलाए । त्यहाँ पुगेपछि आमाबाबुललाई बाहिर रोकियो ।

वहाँहरुलाई आशाराम विशेष तरिकाले एक्लै उपचार गर्छन् । यसपछि मलाई एउटा कोठामा पठाइयो । त्यहाँ आशाराम पहिलेदेखि उपस्थित थिए । उनले मसँग अश्लिल हर्कत गरे । साथै, मैले ठूलो स्वरले चिच्चयाए, बाहिर रहेका आमाबाबुलाई मारिदिने धम्की दिए । मसँग मुखमैथुन गर्न भनियो तर मैले अस्वीकार गरेँ ।

दोषी साबित हुने दुई कारण

– जहाँ लाखौँको आस्था जोडिएको हुन्छ, उनीहरुले गरेको अपराधलाई धेरै गम्भीर मानिन्छ ।

– जसको संरक्षणमा नाबालिक रहन्छ, त्यहीँ शोषण भयो भने यसलाई झनै गम्भीर मानिन्छ ।

आशारामलाई कडा सजाय हुनेछ किनभने,

–पोक्सो एक्ट २०१२ मा नाबालिकको उमेर १६ बाट १८ वर्ष पुर्याइएको छ, पीडितको उमेर १७ वर्ष थियो ।

– द क्रिमिनल ल एमेन्डमेन्ट २०१३ मा दुष्कर्मको परिभाषा बदलिएको थियो, त्यसले धारा ३७६ आकर्षित हुन्छ ।

– यसमा कम्तिमा १० वर्षदेखि उम्र कैदसम्मको प्रावधान रहेको छ ।

पिताले भने – न्याय मिल्यो

फैसलापछि ती किशोरीका पिताले आफूहरुले न्याय पाएको बताएका छन् । ज–जसले आफ्नो छोरीको मद्दत गरे, उनीहरुलाई धन्यवाद पनि दिए । उनले आशारामलाई कडाभन्दा कडा सजाय दिइने आशा व्यक्त गरे ।

सन् २०१३ को सेप्टेम्बर २०१३ मा गिरफ्तारीपछि आशाराम जेलमा रहेका छन् । यसबीचमा उनले जमानतका लागि १२ याचिता दायर गरेका थिए । तर, सबै खारेज भए ।
यस मुद्दामा आशारामका सेवादार शिल्पी र शरतचन्द्रलाई पनि दोषी करार गरिएको छ । उनीहरुले किशोरीलाई आशारामसम्म पुर्याएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप