बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाको गुणस्तर बढाउन क्षमता वृद्धि गर्नुपर्छ : मेयर दाहाल

बुधबार, १२ वैशाख २०७५, १४ : ३२
बुधबार, १२ वैशाख २०७५

चितवन–भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले शिक्षाको गुणस्तर बढाउन सामुदायीक विद्यालयको क्षमता वृद्धि गर्नुपर्ने बताएकी छन् । 
बुधबार भरतपुर महानगरपालिका ६, गीतानगरमा रहेको श्री सिद्धेश्वर आधारभूत विद्यालयको छैठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विद्यालयहरूको क्षमता वृद्धि गरेरमात्र शिक्षाको गुणस्तर बढ्ने बताएकी हुन् ।
महानगरभित्रका विद्यालयहरूको नियमन, अनुगमन र विकास गर्ने दायित्व महानगरपालिकामा आएको भन्दै प्रमुख दाहालले सबैलाई जिम्मेवार बन्न आग्रह पनि गरिन् ।
‘क्षमता, सीप, स्रोत र साधनको उच्चतम प्रयोग गरेर गुणस्तर वृद्धिमा लाग्न म शिक्षक, कर्मचारी र विद्यालय ब्यवस्थापन समितिलाई आग्रह गर्छु’ मेयर दाहालले भनिन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडानम्बर ६ का अध्यक्ष हरिविलास कोइराला, नेपाली काँग्रेसका दिनेश कोइराला, नेकपा माओवादी केन्द्रका भागिरथी तिमिल्सेना, चन्दाताता र समाजसेवीहरूले मन्तब्य ब्यक्त गरेका थिए । वार्षिकोत्सव समारोहमा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने १० जना चन्दादाता र विद्यालयको तीनकोठे पक्की भवन निर्माण गरिदिएको गोरखा वेलफेयर सोसाइटीलाई सम्मान गरिएको थियो । 
२०६८ सालमा स्थापना भएको विद्यालयमा गरीब, असहाय र सिमान्तकृत समुदायका १ सय २० जनाभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप