शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको मूल सडकमा डोजर चल्दा प्रदेशसभामा हल्ला !

बुधबार, १२ वैशाख २०७५, १५ : ४२
बुधबार, १२ वैशाख २०७५

तेजेन्द्र केसी

बुटवल–बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले आठ पटक  गरेको आग्रहलाई  अटेर गरेपछि बुटवलको राजमार्ग चैराहदेखि गोलपार्कसम्मको सडक बिस्तार शुरु भएको छ । व्यापारीले जर्वजस्ती बसाएका घरमा अहिले डोजर चलाएर भत्काउन थालिएको छ ।

सडक विस्तार रोक्न  बिभिन्न  चलखेल पनि भए । तर, बुटवलका व्यापारीका ३ सय ८४ घर  भत्काईदैछन् । अहिले चौराहदेदेखि घर भत्काउदै डोजर बसपार्कसम्म पुगेको छ  ।

वैशाख ४ गते डोजर चल्न थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । एक हप्ताको समय आज  सकिएपछि घर भत्काउन थालिएको बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजना प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए ।

उनले भने , ‘समय सकिएपछि हामीले  अहिले  सुरक्षाकर्र्मीको सहयोगमा काम गरिहेका छौँ ।’

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक मिचेर बनेका छन् ।

अहिले ४ लेनमा रहेको सडकलाई ६ लेनमा विस्तार गर्ने प्रकृया शुरु गरेसँगै घरधनीहरुले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए ।

संघर्ष समिति गठन गरेर  भत्काउन नमिल्ने भन्दै बिभिन्न अवरोध गरेका घर धनीहरु आज घर भत्काउँदा भने चुपचाप बसेका छन् ।

दुई हप्ताअघि घरधनीकोपक्षमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी तथा चार वटा व्यवसायीक संस्थाले विज्ञप्ति निकालेर सडक विस्तार रोक्न माग गरेका थिए । उनीहरुले रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य एवं एमाले उपमहासचिव विष्णु पौडेललाईसमेत ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत भेट गरेर  रोक्न अनुरोध गरेका थिए ।

यो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर कालोपत्रे थपिने छ । दायाँ–बायाँ १–१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ ।

कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ–बायाँ साढे १०–साढे १० मिटर चौडाइको मुख्य लेन, त्यसबाहिर ६–६ मिटरको सर्भिस लेन हुने छ ।

बाँकी फुटपाथ र नाली  बन्ने  सडक  आयोजनका प्रवक्ता ईन्जिनियर गोबिन्द श्रेष्ठले बताए । उनले  ३८४ मध्ये   आफै भत्काउन अटेर गर्नेको मात्र भत्काएको बताए । बुटवलमा  गतहप्ताको सूचना भन्दा अघि नै  ७० जना भन्दा धेरैले घर भत्काएका थिए ।

यो हप्ता थपिएको समयमा पनि धेरैले भत्काउने काम गरिहेका  छन् । अटेर  गरेर बिभिन्न बहाना  खोज्नेहरुका घरमा डोजर चलेको थियो । 

सडक विस्तारको सम्झौता भइसकेको छ । यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ ।

बुटवल–बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ ।

आर्थिक वर्ष २०७०र७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३र७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।

योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने  आयोजनाले जनाएको छ ।

बुटवलको सडकमा डोजर प्रदेशसभामा हल्ला

प्रदेशसभा बैठक चलिरहेका बेला बुटवलमा डोजर चलेपछि प्रदेश सांसदले रोक्न माग गरेका छन् ।

बिषेश सहरलाई कुरुप बनाउने गरी सडक नभत्काउन प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले माग गरे । उनले बुटवलमा घर भत्काउदा व्यापारिक रौनक समेत कम हुने भएको  विकल्प रोज्नु पर्ने बताए ।

आज दिउँसो १ बजेदेखी शुरु भएको बैठकको शुन्य समयमा श्रेष्ठले चितवन तथा मकमानपुरमा समेत  शहरको वीचबाट सडक बिस्तार रोकिएको बुटवलमा रोक्नको लागि आग्रह गरे ।

 

नगरपालिकले झुक्कायो : पडित

संर्घष समित संयोजक किसोर विकले  आफुहरुले राज्यका बिरुद्ध नलडेको तर समय थपको माग गरेको बताए  । उनले  घर भत्काउको मिस्त्री नपाएकोले समय थप गर्नुपर्ने बताए ।

बुटवटको ट्राफिक चोकमा रहेको तीन तले घरका मालिक विकले आफुले  २०३३ सालमा नक्सा पास गर्दा नगरपालिकाबाट ७५ फुट पास गरेको तर पछि फेरी ८४ फुट  माग गरिएको बताए ।

उनले ३८४ घरमा झन्डै १२ सय व्यापारीका पसल रहेको  एकै पटक  पसल सार्नुपर्दा समस्या आउने बताए ।

बुटवलमा धेरैलाई नगरपालिकाले दिएको नक्सा पासमा घुर र आना  भएको पछि बर्ग फुट गराउदा समस्या आएको हो ।

यसरी बर्ग फिटमा लैजादा घरधनीहरु अन्यौलमा परेकाले समस्या आएको विक ले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप