मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा राष्ट्रिय गोष्ठीको आयोजना गरिने
काठमाडौं– कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समिति, नेपालले आगामी बैशाख २१ र २२ गते काठमाडौंमा राष्ट्रिय गोष्ठीको आयोजना गर्ने भएको छ ।
समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मे ५ मा कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकी भएको र सो अवसरमा ‘आजको मार्क्सवादः लोकतन्त्र–समृद्दि–समाजवाद लाई मूल विषय राखेर राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिइयो ।
कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागि हुने गोष्ठी विभिन्न क्षेत्रका विद्धानहरुको व्याख्यान हुनुका साथै विचार सत्र र कम्युनिष्ट पार्टीका सदस्यहरुका बीचमा हुने राजनीतिक सत्रका रुपमा राष्ट्रिय सभागृहमासम्पन्न हुने बताइएको छ ।
सो क्रममा १० हजार युवाहरुलाई मार्क्सवादबारे प्रशिक्षण दिने समितिको पूर्वघोषित कार्यक्रम तथा अन्य गतिविधिहरुको योजनामा समेत छलफल र निर्णय हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समितिको संयोजकमा घनश्याम भुसाल र सहसंयोजकमा राम कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै